कृषकले धान, गहुँ र मकैलाई छाडेर तरकारी उत्पादनमा जोड दिन थाले
काठमाडौँ । कृषकहरुले धान, गहुँ र मकैलाई छाडेर तरकारी उत्पादनलाई जोड दिन थालको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषिगणना अनुसार २०७८ सम्म आउँदा १७ लाख ३१ हजार हेक्टर जग्गा बालीले ओगटेको छ । जबकी २०६८ मा बालीले २१ लाख २३ हजार हेक्टर जग्गा बालीले ओगटेको थियो ।
कार्यालयका अनुसार अस्थायी बाली लगाएको जग्गाको क्षेत्रफल पहिले भन घटेको भएपनि जग्गा बढी सघन रुपमा उपयोग भएको देखिन्छ । कृषि गणना २०७८ अनुसार एक वर्षमा जम्मा दुई लाख ७० हजार हेक्टरम बाली मिसाएर लगाइएको छ ।
२०६८ को तुलनामा २०७८ मा एक लाख १३ हजार ७ सय ९४ हेक्टर कम जग्गामा मकै लगाइएको छ । २०७८ मा ५ लाख ५९ हजार ९०९ हेक्टर जग्गामा मकै लगाइएको थियो । त्यसैगरी गहुँ लगाउने जग्गामा कमी हुँदै गएको कृषिगणनाले देखाउँछ । २०६८ मा सात लाख ४९ हजार तीन सय ९४ हेक्टर जग्गा गहुँबालीमा प्रयोग भएको थियो । २०७८ मा घटेर जथम्मा ५ लाख ५९ हजार ९ सय ९ हेक्टर जग्गामा गहुँ लगाईएको देखिन्छ ।
भान्सामा प्रयोग हुने चामल उत्पादनका लागि आवश्यक धान उत्पादनमा समेत कमी हुने निश्चित देखिन्छ । कृषिगणना २०७८ अनुसार २०६८ मा १४ लाख ५५ हजार ९ सय ८२ हेक्टर जग्गा धानका लागि प्रयोग गरिएको थियो । २०७८ मा भने घटेर १२ लाख १६ हजार ३ सय ८७ हेक्टर जमिन धानका लागि प्रयोग भएको देखिन्छ ।
कृषकले तरकारी बालीलाई जोड दिएको तथ्यांकले देखाउँछ । २०६८ मा भन्दा २०७८ मा २३ हजार ३ सय २२.८ हेक्टर बढी जग्गामा तरकारी बाली लगाईको छ । २०६८ मा ८४ हजार हेक्टर जग्गामा तरकारी बालीका लागि प्रयोग भएको थियो । २०७८ मा भने एक लाख ८ हजार हेक्टर जग्गा तरकारी बालीको रुपमा प्रयोग भएको कार्यालयले जनाएको छ ।
आलु खेती गर्ने कृषक बढे
२०६८ मा आलुको खेती गर्ने कृषकको संख्या १६ लाख ४० हजार थिए । २०७८ सम्म आईपुग्दा बढेर १७ लाख १८ हजार पुगेको छ । आलु खेती सबैभन्दा बढी कोशी प्रदेश र जिल्लामा काभ्रे भएको तथ्यांकले देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ जना युवतीहरूलाई बेचबिखन गरेको आरोपमा पक्राउ
-
जापानी विदेशमन्त्रीको प्रशंसापत्र विश्वभाषा क्याम्पसका कामिमुरा योशिहारुलाई
-
भारतीय सेना प्रमुखले भने– नेपाली सेनाको मानार्थ महारथीको दर्जा पाउनु सौभाग्यको कुरा
-
खुमलटारमा शंकास्पद वस्तु फेला
-
वैज्ञानिक चिन्तन बोकेका युवा तयार गरौँ : शिक्षामन्त्री भट्टराई
-
क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रुसको चेतावनी