पाठेघरको क्यान्सरविरुद्धको खोप १४ वर्षका किशोरीलाई दिइने

काठमाडौँ । सरकारले पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप १४ वर्षका किशोरीहरूलाई मात्रै दिने भएको छ । सरकारले उक्त खोप ७ वटा अस्पतालबाट दिने भएको हो ।
बिहीबार स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गरी भदौ २७ देखि ३० गतेसम्म पाइलटिङको रुपमा किशोरीहरूलाई खोप दिने जनाएको छ ।
महाशाखाका निर्देशक डा. विवेक लालले १४ वर्षका करिब ९ हजार किशोरीलाई खोप दिन लागिएको बताए ।
खोप महाशाखाले सात प्रदेशका सात अस्पतालबाट १९ हजार ९९८ खोप वितरण गरिने जनाएको छ । एचपीभी खोप ६ महिनाको अवधिमा २ मात्रा लगाउनुपर्नेछ ।
खोप शाखाका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा खोप पाइलटिङका रुपमा दिइने उनले बताए । सरकारले २०२४ सम्ममा सबै किशोरीलाई लगाइसक्ने लक्ष्य लिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
चर्चित ब्राजिलियन खेलाडी कार्लोस एनएसएल हेर्न दशरथ रंगशालामा (तस्बिरहरु)
-
तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
-
कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?
-
डान्सबारमा बालिका बेच्ने पक्राउ