घमन कार्कीका वकिलको बहस : ‘प्रतिवेदन दिएका हुन्, किर्ते गरेका छैनन्’

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिनामा संलग्न घमनकुमार कार्कीका तर्फबाट बिहीबार उनका कानुन व्यवसायीले बहस गरेका छन् ।
तत्कालीन नापी सर्वेक्षक कार्कीले बालुवाटारको जग्गा प्रकरणमा ‘लिखत किर्ते’ नगरेको उनको पक्षका कानुन व्यवसायीले जिकिर गरेका छन् । अधिवक्ता इन्द्र अधिकारीले तत्कालीन नापी सर्वेक्षक कार्की नापी कार्यालयले खटाएर बालुवाटारको जग्गा नापजाँच गर्न गएको उल्लेख गर्दै भने–‘मेरो पक्षले प्रतिवेदन दिएका हुन्, किर्ते गरेका छैनन् ।’
बालुवाटार भित्र गुठी कायम गर्ने काम गुठी संस्थानले गरेको उल्लेख गर्दै अधिवक्ता अधिकारीले कार्की विरुद्ध कायम गरिएको १ करोड ८ लाख बिगो ‘आधारहीन’ भएको जिकिर गरे ।
वरिष्ठ अधिवक्ता हरिहर दाहालले बालुवाटारको जग्गा प्रकरण अदालतमा ल्याउन मिल्ने मुद्दा नै नभएको तर्क गरेका छन् । दाहालले भने–‘घमनले कुनै कागजात सच्याएका छैनन्, यो मुद्दामा कसैलाई पनि धरौटी लिन मिल्दैन ।’
अर्का वरिष्ठ अधिवक्ता युवराज भण्डारीले बालुवाटारको जग्गा प्रकरणमा ‘हदम्याद’बारे अदालतले निर्णय गर्नुपर्ने बताए । भण्डारीले भने–‘घमनले फिल्डमा देखेको प्रतिवेदन दिएका हुन्, कागजात किर्ते गरेका छैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा नेतन्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
अमेरिकाले लगाएको १०४ प्रतिशतको ट्यारिफबारे के भन्छ चीनको सरकारी मिडिया ?
-
अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
-
मन्दिर परिसरमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला
-
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
-
बुधबार सुनको मूल्य बढ्यो