मानवअधिकार संरक्षणको लागि मधेशी आयोग र भारतीय मानवअधिकार आयोगले सहकार्य गर्ने

काठमाडौँ । दुवै देशका नागरिकको मानवअधिकार संरक्षण र सम्बर्धनका लागि मधेसी आयोग र भारतको राष्ट्रिय मानवाधिकार आयोगले आगामी दिनमा सहकार्य गर्ने भएका छन् ।
भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालयमा मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त तथा भारतीय मानवअधिकार आयोगका अध्यक्ष जस्टिस अरुण मिश्र बीच भएको द्विपक्षीय भेटवार्तामा दुवै अधिकारमुखी आयोगहरु आगामी दिनमा मानवअधिकारको संरक्षणको लागि साझा रुपमा अगाडी बढ्ने विषयमा गम्भीर छलफल भएको हो ।
सो छलफलमा नेपाल भारत सिमामा हुने मानव तस्करी, लागुपदार्थ ओसारपोसार जस्ता गैरकानुनी गतिविधिहरु माथि दुवै आयोगले साझा रुपमा अनुगमन गर्ने समेत छलफल भएको छ ।
सो छलफलको क्रममा मधेसी आयोगका अध्यक्ष डा दत्तले मधेशी आयोग सदैव नागरिक तथा देशको हितमा काम गर्न सकारात्मक रहेको र त्यस्ता कार्यको लागि मानवअधिकार आयोगसंग सहकार्य गरी अगाडी बढ्ने निर्णय आफैमा ऐतिहासिक हुने बताए ।
मानवअधिकार आयोगका अध्यक्ष अरुण मिश्रले मधेशी आयोगसंग सहकार्य गर्नु आफैमा गौरवान्वित विषय भएको र मानवअधिकार संरक्षणको लागि आयोग सधै तत्पर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको दरभाउ : आज कसको मूल्य कति ?
-
प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प