सूचना माग्न सक्ने वातावरण बनाउन सीडिओको निर्देशन
सिरहा । सूचनाको हक प्रयोग गरी सूचना माग्नेलाई सहज रुपमा सूचना उपलब्ध गराउन सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेले जिल्लास्थित कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
प्रमुख पाण्डेले जिल्लास्थित सरकारी कार्यालय, सार्वजनिक निकाय र सुशासन इकाई प्रमुखको बैठकमा सो निर्देशन दिएका हुन् । गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट सूचना माग कर्ताको सूरक्षाका लागी सर्कुलर जारी भएपछि प्रमुख जिल्ला अधिकारीले सो निर्देशन दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले पछिल्लो समय सूचना माग्नेहरु माथि दुरव्यवहार हुने गरेको र त्यसले सूचनाको हक प्रयोग गरी सूचना माग्नेहरुमा क्रास सृजना भएको सहज वतावरणमा सूचना उपलब्ध गराउन निर्देश दिएका हुन् ।
नेपालको संविधान र सूचनाको हक सम्बन्धि ऐन, २०६४ ले दिएको सूचना माग्ने र पाउने हकप्रति नै नाकारात्मक धारणा बन्न सक्ने अवस्था देखिने भएकोले त्यस्ता क्रियाकलाप नियन्त्रण गर्न उनले निर्देशन दिएका छन् । उनले सहज रुपमा सूचना उपलब्ध गराउन एवम् खर्चको मासिक प्रतिवेदन सार्वजनिक गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
संविधानले सूचनाको हक नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको ३३ वर्ष बित्नै लाग्दा र सूचनाको हक सम्बन्धी ऐन, २०६४ लागु भएको १७ औ वर्षमा प्रवेश गर्दासम्म नागरिकलाई सूचनाको हकमा पहुँच हुन न सकेको सूचनाका हकका अभियन्ता परशुराम साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला