‘प्रधानमन्त्रीको चीन भ्रमणमा रेल र तेल ल्याउने विषय प्राथमिकतामा पर्नुपर्छ’

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चीनबाट रेल र तेल ल्याउने कुरा प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै पन्तले भने, ‘हामीले भारतबाट तेल ल्याउने पाइपलाइन विस्तार गरिरहेका छौँ यो ठिक छ, खर्च कम हुन्छ । तर यो सम्भावना चीनतिर छ भने खोज्नुपर्छ’, पन्तले भने, ‘हिजो जसरी नाकाबन्दी गरेर भारतले तेल लगायत रोक्यो, भोलि त्यस्तो स्थिति नआओस् भनेर पनि चीनबाट रेल र तेल ल्याउने कुरा प्रधानमन्त्रीको चीन भ्रमणमा प्राथमिकतामा पर्नुपर्छ ।’
साथै उनले ट्रान्समिसन लाइनमा समेत जोड दिन आग्रह गरे । ‘अहिले हामीले भारततिर बिजुली दिइरहेका छौ । जलश्रोतबाट चिनियाँ लगानी भटाभट झिक्दैछन्’, पन्तले भने, ‘किनभने भारतले सर्त नै त्यस्तै राखेको छ । अहिलेको १० हजारवालामा पनि त्यस्तै कडा सर्त राखेर पठाएको छ । यो सर्तबाट हामीले कहिले मुक्ति पाउँछौँ ?’
उनले ट्रान्समिसन लाइन चीनतिर पनि जोडेर र चीनमा पनि विद्युत् बेच्ने व्यापारको ढोका खुला गरेमात्रै दक्षिणको दबाबबाट मुक्त हुन सकिने बताए । पन्तले चिनियाँ पुँजी र लगानी भित्र्याउनेबारे सरकारले सोच्नुपर्ने भन्दै प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डा सार्वजनिक गर्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनरत ‘ताण्डवम्’को नयाँ गीत ‘बहँदा बहँदै’ सार्वजनिक
-
पशुपति वरपर मासु र मदिरा निषेध
-
सुशासन र समृद्धिको यात्रामा साथ दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
-
होरा इस्पोर्ट्स बन्यो पब्जी मोबाइल च्याम्पियन
-
बागमती सरकार : मुख्यमन्त्रीका नजरमा कसले गरे राम्रो काम ?
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक