कामदारले ‘सर्टकट’ लिन खोज्दा ग्रेटवालमा क्षति

बेइजिङ । सान्सी प्रान्तमा निर्माण कामदारहरूले ग्रेटवालमा एस्काभेटर चलाउँदा गम्भीर क्षति पुगेको छ । प्रहरीका अनुसार दुईजनाले आफ्नो निर्माणको कामका लागि ‘सर्टकट’ बनाउन खोज्दा यो घटना भएको हो ।
प्रहरीले थप अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ३८ वर्षीय पुरुष र ५५ वर्षीया महिला रहेका छन् । उनीहरू ३२ औँ ग्रेटवाल क्षेत्रमा काम गरिरहेका थिए । एस्काभेटर छिराउनका लागि ग्रेटवालमा उनीहरूले ठुलो भाग भत्काएका छन् । प्रहरीका अनुसार उनीहरूले यात्रा गर्नुपर्ने दुरी घटाउनका लागि यसो गरेका थिए ।
योयू काउन्टीमा रहेको ३२ औँ ग्रेटवाल मिङ ग्रेट वालको एक भाग हो । यसलाई ऐतिहासिक र सांस्कृतिक क्षेत्रमा सूचीकृत गर्दै प्रान्तीय स्तरमा संरक्षण गरिएको छ । गत २४ अगस्तमा प्रहरीलाई ग्रेटवालमा ठुलो भ्वाङ फेला परेको खबर गरिएको थियो । ग्रेटवाल सन् १९८७ देखि यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेको छ । यसलाई २२० ईशापूर्वदेखि मिङ राज्यमा सन् १६०० ताकासम्म निर्माण र पुनर्निर्माण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदिमा डुबेर बेपत्ता तीन जना मध्ये एक जनाको शव फेला
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’ बारे छानबिन गर्न समिति गठन
-
ठुलै विपत्ति र प्रलय आए मात्रै एनआरएनएको एकता महाधिवेशन रोकिन्छः घले
-
शिक्षामन्त्रीको राजीनामाबारे महेश बस्नेतले भने - स्वयं मन्त्री कै कमजोरीको संकेत हो