बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न सभापति राणासहितको टोली जाने

काठमाडौँ । कृषि तथा पशुपन्क्षी मन्त्रालय र फिड द फ्युचर नेपाल नलेज बेस्ड इन्टिग्रेटेड सस्टेनेबल एग्रीकल्चर इन नेपाल (किसान टू) को आयोजनामा बंगलादेशको कृषि क्षेत्रको अनुगमन गर्न कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिको नेतृत्वमा ७ जना टोली सहभागी हुने भएका छन् ।
समितिको बिहीबार बसेको बैठकले सभापति डा.आरजु राणाको नेतृत्वमा सदस्यहरू अनिशा नेपाली, अम्मरबहादुर थापा, विनीता कठायत, सूर्यकुमारी श्रेष्ठ र रुपा सो।शी। चौधरी तथा उपसचिव शिवदत्त बराल सहभागी हुने निर्णय गरेको हो ।
बैठकबाट समितिबाट सम्पादन गर्ने कार्य, निर्णय तथा निर्देशनहरू यथार्थपरक तथा कार्यान्वयनयोग्य बनाउनका लागि यस समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालयहरू ( कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र वन तथा वातावरण मन्त्रालय अन्तर्गतको संस्थागत संरचना र कार्यसम्पादनको जिम्मेवारीका सम्बन्धमा समितिको आगामी बैठकमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
समितिमा प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ मा संशोधनकर्ता सदस्यहरूबाट प्राप्त संशोधनका सम्बन्धमा सम्बन्धित संशोधनकर्ता सदस्यहरू, मन्त्री, सचिव लगायतका सरोकारवालाहरू समेतलाई सहभागी गराई छलफल गर्ने बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातामा ३२.६९ अंकले घट्यो नेप्से
-
दुर्गा प्रसाईं सवार जहाज केहीबेरमा काठमाडौँ विमानस्थलमा अवतरण हुँदै
-
पत्रकार हत्याको निष्पक्ष छानबिन गर्न माग गर्दै मानवअधिकार आयोगलाई ध्यानाकर्षण
-
तीनकुने घटना : मानव अधिकार आयोगको मौनता
-
प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाएका छन् : साह
-
फेरि अड्कियो रणवीर सिंहको डन ३