अटो शोमा देख्न पाइनेछ फेसलिफ्ट ईभी ‘इटी–५’

काठमाडौँ । यहीँ भदौ २६ गतेदेखि ३१ गतेसम्म जम्मा ६ दिन राजधानीमा चल्ने अटोमा अर्को ईभी फेसलिफ्ट इटी–५ पनि देख्न पाइने भएको छ । नेपालका लागि जी ईभी कम्पनीले स्काइवेल ब्राण्डको नयाँ उत्पादन इटी–५ नेपाल भित्र्याएको हो ।
एसयूभी ईभीमा उच्च रेन्ज प्रदान गर्ने एटी–५ लाई अटो शोको अवसर पारेर सार्वजनिक गर्ने तयारी कम्पनीको छ । फेसलिफ्ट इटी–५मा ८५.९७ किलोवाट आवरको हाइडेन्सीटी लिथिएम टर्नरी थर्मोस्ट्याटीक पावर ब्याट्रीप्याक रहेको छ । यसले एक पटकको फुलचार्जमा ६४२ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी परिक्षणले देखाएको छ ।
ब्याट्रीलाई १०० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३८ मिनेटमै २० बाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ । यो एसयूभीमा भेहिकल टु लोडको सुविधा छ, जसले २२० भोल्टमा ३ किलोवाटसम्मको इलेक्ट्रोटिक्स मेसिन चलाउन सकिन्छ ।
गाडीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर छ, जसले २०४ हर्सपावर तथा ३२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो एसयूभी जम्मा ७.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा कुदाउन सकिने कम्पनीले जनाएको छ ।
सिक्सवे इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट, डिउल टोन कलरको ड्यासबोड, लेदरेट सिटकभर, हिटेड एण्ड भेन्टीलेटेड फ्रन्ट सीट, प्यानारोमिक ग्लासरुफ, पावर टेलगेट, एडप्टीभ क्रुज कन्ट्रोल, अटोमेटीक एसी, रियर एसी भेन्ट, थ्री स्पोक मल्टिफङ्सनल स्टेरिङ ह्वील, १२८ कलरको एम्वीयन्ट लाइट, इन्ट्री गे्रटेड स्मार्ट ड्राइभिङ असिस्ट सिस्टम जस्ता फिचर छन् ।
सुरक्षाको लागि इटी–५मा ३६० डिग्री क्यामरा, एयरब्याग, ब्लाइण्डस्पट मनिटरिङ, इबीडी, लेन डिपार्चर वार्निङ, प्रडिस्टेरियन एयरव्याग, एबीएस, इबीए, इएसबी, हिल असिस्ट, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर समेत उपलब्ध छन् ।
नाडा अटो शोमा प्रदर्शनको तयारी गरिएको यो गाडीको नेपाली बजार मूल्य भने तोकिएको छैन । स्काइवेल ग्रुपले न्यू इनर्जी प्यासेन्जर भेहिकल, ठुला र मझौला साइजका बसहरु, लजिस्टीक भेहिकल र स्पेशल पर्पोज भेहिकल उत्पादन गरिरहेको छ ।चीनको जीयांसु प्रान्तमा सन् २०१७ मा स्थापना भएको स्काइवेल इलोक्ट्रोनीक्स कम्पनी स्काइवर्थ समूहले स्थापना गरेको कम्पनी हो ।
कमर्शियल भेहिकल उत्पादन क्षेत्रमा सफलता पाएको यो कम्पनीले सन् २०१७ बाटै पहिलो इलेक्ट्रीक कार उत्पादन र विकासमा काम सुरु गरेको थियो । कम्पनी सन् २०२० को अक्टोबरमा मिड साइज एसयूभी इटी–५ बजारमा ल्यायो । यहीँ उत्पादन जी ईभीले हालै मात्र नेपाल भित्र्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईदले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै लगेको छ : सभापति देउवा
-
ईदले आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने पूर्वराष्ट्रपति भण्डारीको विश्वास
-
हेर्दा हेर्दै कसरी हरायो एउटा भाषा
-
प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना
-
ट्रम्पले किन भने- ‘म पुटिनसँग धेरै रिसाएको छु’?
-
ईदले सद्भाव, शान्ति, स्थायित्व र आपसी समझदारी बढाओस् : सभामुख घिमिरेले