जब शाहरुखले पर्दामा पहिलो पटक गरे किस, कट्रिनाले भनिन् यस्तो...

मुम्बई । अभिनेता शाहरुख खान रोमान्स किङको नामले परिचित पनि छन् । उनका महिला फ्यानको सङ्ख्या पनि अत्यधिक छ । ३० बर्षको फिल्म करियरमा उनले धेरै हिट रोमान्टिक फिल्म दिएका छन् ।
कतिपय बताउँछन् उनले करियरमा किस सिन गरेका छैनन् । तर होइन, फिल्म उद्योगमा २० बर्ष काम गरेपछि उनले पहिलो पटक फिल्म ‘जब तक जान’मा पहिलो पटक किस सिन दिएका थिए । फिल्ममा शाहरुखको अभिनेत्री कट्रिना कैफसँग किस सिन थियो ।
फिल्ममा शाहरुख र कट्रीनाको जोडी दर्शकले पनि निकै रुचाएका थिए । फिल्मका निर्देशक यश चोपडा हुन् । चोपडा रोमान्टिक फिल्म बनाउन निकै माहिर छन् । फिल्ममा शाहरुखको अपोजिटमा कट्रिनाको अलवा अनुष्का शर्मा पनि रहेकी थिइन् ।
कट्रिनाले शाहरुखसँगको लिप किसको अनुभव एक मिडियामा शेयर गरेकी थिइन् । उनले मिडियामा शाहरुख खानसँगको किस गर्नु आफ्नो भन्दा शाहरुखको किस्मत राम्रो भएको भन्दै मजाक गरेकी थिइन् । त्यसपछि शाहरुखले फिल्म जिरोमा पनि कट्रिनासँग किस गरेका थिए । तर बक्स अफिसमा यो फिल्म चलेन ।
शाहरुख पछिल्लो समय फिल्म ‘जवान’को कारण चर्चित छन् । फिल्ममा शाहरुखको अलवा नयनतारा, विजय सेतुपछि लगायतको अभिनय छ । एटलीले यो निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?
-
मैनबत्ती निभेको निहुँमा विवाद, दाजुले गरे ११ वर्षीय बहिनीको हत्या
-
काममा फर्कन शिक्षकहरूलाई सरकारको आह्वान