बाबर आजमले तोडे कोहलीको नाममा रहेको कीर्तिमान

काठमाडौँ । पाकिस्तानी क्रिकेट टोलीका कप्तान बाबर आजमले भारतीय टोलीका पूर्वकप्तान विराट कोहलीको नाममा रहेको एउटा कीर्तिमान आफ्नो नाममा पारेका छन् । एसिया कप क्रिकेटको बुधबार राति खेलिएको ‘सुपर फोर’ चरणको खेलमा बाबर आजमले उक्त कीर्तिमान आफ्नो नाममा पारेका हुन् ।
‘सुपर फोर’ चरणको उक्त खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले हराएको थियो । त्यो खेलमा पाकिस्तानका लागि बाबर आजमले केवल १७ रन बनाएका थिए । तर, कोहलीको कीर्तिमान तोड्न बाबर आजमलाई केवल ६ रनमात्र चाहिएको थियो ।
बंगलादेशविरुद्धको खेलमा ६ रन बनाएपछि बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानका रुपमा सबैभन्दा कम खेल खेलेर दुई हजार रन पुरा गर्ने खेलाडी बनेका छन् । २८ वर्षीय पाकिस्तानी कप्तानले ३१ खेलमा यस्तो उपलब्धि हासिल गरेका हुन् । कोहलीले भने कप्तानका रुपमा ३६ खेल खेल्दै दुई हजार रन बनाएका थिए ।
बाबर आजम अहिले आईसीसी एकदिवसीय ब्याट्सम्यान वरीयतामा पहिलो स्थानमा रहेका खेलाडी हुन् । उनी टी—२० ब्याटिङ वरीयताको तेस्रो र टेस्ट वरीयताको चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’
-
धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने भट्टराईको चेतावनी
-
एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल