सुन तस्करी प्रकरण : दावा छिरिङको भूमिका व्यवस्थापक, लगानी भेटिएन

काठमाडौँ । ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका दावा छिरिङ ‘व्यवस्थापक’को भूमिकामा देखिएका छन् । हङकङबाट चिनियाँ तस्करले ल्याउने सुन काठमाडौँ उपत्यकामा व्यवस्थापन गर्न दावाको संलग्नता देखिएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ ।
केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबी’का अनुसन्धान अधिकृतहरूका अनुसार सुनमा दावाको लगानी पुष्टि भएको छैन । काठमाडाैँमा बसेर परिआउँदा ‘जे पनि गर्ने’ स्वभावका दावाले सुन तस्करीमा संलग्नहरूका लागि फ्ल्याट खोजिदिने, युवती मिलाइदिने र ठमेल स्थित होटेल भियानामा खाने–बस्ने व्यवस्था मिलाउनले गरेका थिए । होटेल भियना उनकी पत्नी अमला रोकाको नाममा छ ।
‘व्यवस्थापनको पाटोमा दावाको संलग्नता देखिएको छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्–‘व्यवस्थापन गरेबापत दावाले सुन कारोबारीबाट कमिसन लिने गरेको देखिन्छ ।’ दावा लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् ।
दावा छिरिङले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएको पुष्टि भएको छ । तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङले निमा तामाङको नाममा जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकबाट नागरिकता लिएको गृह मन्त्रालयको छानबिन निष्कर्ष छ ।
छिरिङलाई राजस्व अनुसन्धान विभागको टोलीले साउन १४ मा पक्राउ गरेको थियो । सुन प्रकरणमा हालसम्म २७ जना पक्राउ परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको दरभाउ : आज कसको मूल्य कति ?
-
प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
-
बेलायती प्रधानमन्त्रीसँगको भेटपछि ह्वाइटहाउसमा ट्रम्पले जेलेन्स्की र युक्रेनी सेनाको गरे प्रशंसा
-
भूकम्पपछि आत्तिएर भाग्दा सिन्धुपाल्चोकमा एक कैदी घाइते, जिल्ला अस्पतालमा उपचार हुँदै
-
भूकम्पपछि सिन्धुपाल्चोकका सिडिओ भन्छन्-हामी तयारी अवस्थामा छौँ
-
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प