रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार
आज २०८० भदौ २० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
यादवमाथि सांघातिक हमला
नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरले बुधबार विज्ञप्ति जारी गर्दै यादवको आईसीयूमा उपचार भइरहेको जानकारी दिएको हो । कांग्रेसका सहमहामन्त्री यादवमाथि बुधबार काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको थियो । नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले यादवमाथि धारिलो हतियारले आक्रमण गरेका हुन् । आक्रमणमा घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
श्रीकृष्ण जन्माष्टमी
राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । बुधवार दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन् । सो अवसरमा उनले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहणसमेत गरेका थिए ।
न्युरो–इन्टरभेन्सन
भारतबाट ‘न्युरो–इन्टरभेन्सन’सम्बन्धी अध्ययन गरेर फर्केपछि डाक्टर सुवास फुयाँलले भन्न थाले — मैले एनुरिजम (दिमागको नसा फुलिएर फुट्ने रोग), ब्रेन ह्यामरेज र मस्तिष्कघातको उपचार चिरफार नगरी गर्छु । सुरुमा भर्खरको केटो भनेर उनलाई पत्याइएन ।
माओवादीमा जान्नँ : वामदेव गौतम
पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् ।
चिनियाँ राजदूतको अभिव्यक्ति
खानेपानी मन्त्री महिन्द्र राय यादवले नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल–भारत सम्बन्धमा दिएको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत रहेको बताएका छन् । रातोपाटीसँग कुरा गर्दै मन्त्री यादवले एउटा देशको राजदूतले अर्को देशको विरुद्धमा अभिव्यक्ति दिनु कूटनीतिक मर्यादा विपरीत भएको बताए ।
फास्ट चार्जिङ स्टेसन
नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रूपमा काठमाडौँको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेसनका उद्घाटन गरेका हुन् ।
सुन तस्करी प्रकरण
सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार भारतबाट सुमन खरेललाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । खरेल बुटवलका स्थानीय हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा खरेल ‘रिसिभर’को भूमिकामा देखिएका छन् ।
कर्मचारीको सरुवा
स्थायी सरकारको रूपमा कर्मचारीलाई लिइन्छ । सुदृढ कर्मचारीतन्त्रले नै सुशासन बलियो हुने चर्चा बेलाबखत भइरहन्छ । तर, कर्मचारी व्यवस्थापनकै मुख्य जिम्मेवारी पाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव र सहसचिवहरू एक वर्ष पनि टिक्दैनन् । यो मन्त्रालयमा आएका सचिव र सहसचिवहरू ६/८ महिनामै कि सरुवा मागेर जान्छन्, कि सरुवा गराइन्छ ।
खेलाडीहरूलाई विमानस्थलमा स्वागत
एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । पहिलोपटक प्रतियोगितामा सहभागिता जनाएका नेपाली खेलाडीहरुले विश्व क्रिकेटका महारथि देशहरूसँग खेल जित्न नसके पनि नेपाली समर्थकहरूको मन भने जित्न सफल भएका छन् ।
एमाले प्रदेश अधिवेशन
नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन बुधबार बिहान नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । एमालेले प्रदेश अधिवेशनको सुरुवात नै लुम्बिनीबाट गरेको हो । जनमत हिसाबले लुम्बिनी प्रदेशको ठुलो पार्टी भएकाले पनि एमालेको अधिवेशनलाई धेरै चासोका साथ हेरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’