सुमन खरेल चिनियाँबाट सुनका बिस्कुट ‘रिसिभ’ गर्थे
_c8wEFdyEVQ.jpg)
काठमाडौँ । सुन तस्करी प्रकरणमा सीआईबीले सोमबार भारतबाट सुमन खरेललाई पक्राउ गरेर काठमाडौँ ल्याएको छ । खरेल बुटवलका स्थानीय हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा खरेल ‘रिसिभर’को भूमिकामा देखिएका छन् । हङकङ र दुबईबाट ब्रेक प्याड, दाह्रि काट्ने रेजर, पानी तान्ने मोटर र स्मार्ट वाचमा लुकाएर काठमाडौँमा ल्याएपछि तस्करले ती सामानबाट सुनलाई छुटाउँथे । छुट्याएर आधा र एक किलोको बिस्कुट बनाएर बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बिस्कुट आकारका सुन खरेलले चिनियाँबाट रिसिभ गर्ने गरेका थिए । बिस्कुट आकारको सुन खरेलले काठमाडौँ उपत्यका, भारत र नेपाल–भारत सिमानामा बेच्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । खरेलसँग ब्युरोका अनुसन्धान अधिकृतहरुले सोधपुछ गरिरहेका छन् ।
६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।
पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । सुन तस्करीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’को हिरासतमा अहिले ७ जना चिनियाँ नागरिक छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने
-
निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ वटा चेकपोइन्टहरूमा सुरू