एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम
![एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जान्नँ : वामदेव गौतम](https://npcdn.ratopati.com/media/news/bamdev-gautam_RBFSZdtuol.jpg)
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् । बुधवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गौतमले आफू नेकपा एमाले र एकीकृत समाजवादी पार्टीमा जान सक्ने तर नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका हुन् ।
नेता गौतमले जनयुद्धकालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घर घरमा पुगेर माफी नमागेसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे । राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको गौतमको जिकिर छ ।
नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी पनि गरे । उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकोले हट्नै पर्ने गौतमको भनाइ छ । ‘हामी नेपालका सबै कम्युनिस्टहरू एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जान सक्छु’, गौतमले भने, ‘तर म माओवादी केन्द्रमा जान सक्दिन ।’
नेता गौतमले जनयुद्ध कालमा केही राम्रा काम भए पनि अत्यन्त नराम्रा काम समेत भएको बताए । ‘जनयुद्धमा राजनीतिक व्यक्तिहरूको हत्या गरियो, त्यसलाई मार्क्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घर घरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिनँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिना युक्रेनीको कब्जामा रहेका २ नेपाली स्वदेश फिर्ता (तस्बिरहरू)
-
बैंकविरुद्ध भ्रम नफैलाउन चार संस्थाकाे आग्रह
-
पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
-
पूर्वाधार समितिमा मन्त्री खड्कालाई सत्ता र प्रतिपक्ष सांसदहरूको प्रश्नै–प्रश्न
-
भूमि आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त, को–कहाँ ? (सूचीसहित)
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस