हामी सधैँ गठबन्धनको पछि लाग्दैनौँ ः झलनाथ खनाल
बुधबार, २० भदौ २०८०, १५ : ५६
काठमाडौँ । एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने बताएका छन् ।
बुधबार काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले अव आउने चुनावमा पार्टीले देशव्यापी भाग लिने र सधैँ गठबन्धनको पछि नलाग्ने बताएका हुन् ।
‘अव आउने चुनावहरूमा हामी व्यापक रूपमा भाग लिन्छौँ । तर जहिले पनि गठबन्धनका पछि लाग्दैनौं’, खनालले भने, ‘नेकपा एकीकृत समाजवादी नितान्त आफ्नो व्यक्तित्वका साथ आफ्नो कार्यक्रम र योजनाका साथ आउने चुनावमा जनताका बिचमा जान्छ ।’ उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस