समाचार
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा सांघातिक हमला
बुधबार, २० भदौ २०८०, १४ : ४२

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा सांघातिक हमला भएको छ । बुधबार दिउँसो नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले घारिलो हतियारले आक्रमण गरेको जनाइएको छ ।
तस्बिर : ईश्वर कार्की
रिपोटर्स क्लबबाट बाहिरिएपछि गाडी चढ्न लाग्दा यादवमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमुद ढुंगेलले सापकोटालाई खुकुरीसहित प्रहरीले नियन्त्रणमा लिइएको रातोपाटीलाई बताए ।
आक्रमणपछि यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।