साउदी अरब र ईरानले एकअर्काको देशमा पठाए राजदूत

रियाद । ईरान र साउदी अरबलेले कूटनैतिक सम्बन्ध पुनर्स्थापना भएपछि पहिलोपटक एकअर्काको देशमा राजदूत पठाएका छन् । साउदी अरबको सरकारी समाचार एजेन्सी एसपीएले यसबारे जानकारी दिँदै साउदी राजदूत अब्दुल्लाह बिन सऊद अल–अंजी तेहरान पुगेको बताएको हो ।
यसअघि ईरानका राजदूत अलीरेजा एनायाती रियाद पुगेका थिए । यहाँ साउदी अरब विदेश मन्त्रालयका अधिकारीहरूले उनको स्वागत गरेका थिए । दुई देशका राजदूतहरूले द्विपक्षीय सम्बन्ध अगाडि बढाउन उनीहरूको प्राथमिकता रहेको बताएका छन् ।
यसै वर्षको मार्चमा चीनका मध्यस्थतामा ईरान र साउदी अरब सन् २०१६ देखि टुटेको कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्न सहमत भएका थिए । सन् २०१६ मा साउदी अरबमा एक शिया धर्मगुरुलाई फाँसी दिएपछि ईरानी प्रदर्शनकारी साउदी अरबको दूतावासमा घुसेका थिए । त्यस घटनापछि दुई देशको कूटनीतिक सम्बन्ध टुटेको थियो ।
ईरानले आधिकारिकरुपमा जुन महिनामा साउदी अरबमा आफ्नो दूतावास पुनः खोलेको थियो । त्यसपछि जेद्दाहमा ईरानले आफ्नो वाणिज्य दूतावास खुला गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत