कक्षा १२ को पुरक परीक्षाको समय तालिका परिवर्तन
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ ।
विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का दरले हुन आउने रकम बुझाइसक्नुपर्ने जनाइएको छ ।
यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीका लागि यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकमप्रति विद्यार्थी रु एक हजार दुई सय बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकद्वारा भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण
-
विमानस्थल विस्तारको प्रस्ताव लिएर लुम्बिनीका नेता पर्यटनमन्त्रीको 'ढोकामा'
-
एनआरटी र चर्च ब्वाइजबीच झापा कपको उपाधि भिडन्त, कसले मार्ला बाजी ?
-
१२ बजे, १२ समाचार : हिरासतमा रविको फोटो खिच्ने निकोलस भुसाल पक्राउदेखि ‘भ्रष्टाचारविरोधी अभियन्ता’लाई सहकारी ठगीमा हत्कडीसम्म
-
प्रहरी हिरासतमा सुतिरहेका रविको फोटो खिचेर भाइरल बनाउने निकोलस काठमाडौंबाट पक्राउ
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म