एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट शाक्य सम्मानित

काठमाडौँ । आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ ।
उक्त कार्यक्रम गत बिहीवार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो । वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ । शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको जनाइएको छ ।
उजय शाक्यले विगत दुई दशकदेखि विश्वव्यापी ब्राण्डहरुलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ ।
सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ब्राण्डसूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ । एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन् ।
अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिए । उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक