प्रधानमन्त्रीमाथि पाइप बम प्रहार गर्नेविरुद्ध हत्या अभियोग
बुधबार, २० भदौ २०८०, ११ : ३९

जापान । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि प्रधानमन्त्रीमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो ।
गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा हेरिरहेको अदालतका प्रवक्ताले बताएकी छन् ।
पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको एक वर्ष पनि नपुग्दै प्रधानमन्त्री किसिदामाथि आक्रमण भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पिछडावर्ग महासंघको प्रदर्शन, तस्बिरहरू
-
‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालनका लागि सम्झौता
-
उत्तीर्ण भइसक्दा पनि लेख्न पढ्न नसकेपछि विद्यार्थीले हालिन् कलेजमाथि मुद्दा
-
सामाजिक सुरक्षा कोषमा अझै बढ्न सकेन आकर्षण
-
एनआरएनए दक्षिण कोरियाको अधिवेशन चैत २४ मा हुने
-
तत्काल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना छैन : खनाल