प्राधिकरणले निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशन उद्घाटन, तस्बिरमा हेरौं
![प्राधिकरणले निर्माण गरेका ५१ वटा चार्जिङ स्टेशन उद्घाटन, तस्बिरमा हेरौं](https://npcdn.ratopati.com/media/news/ev-charging-station-(12)_e2Tg4NoLzd.jpg)
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन उद्घाटन भएको छ । आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन भएको हो ।
पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे । योसँगै देशको चार्जिङ स्टेसन एकसाथ उद्घाटन भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।
कोभिड महामारी र रुस–युक्रेन युद्धकाकारण विश्वभर कच्चा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । साथै ‘ग्लोबल वार्मिङ’का कारण आइरहेको प्राकृतिक परिवर्तन रोक्न समेत विश्वभरका देश विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने दबाबमा छन् । यो दबाब नेपाललाई समेत पर्छ ।
स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने स्थिति छ । सोहीकारण, प्राधिकरणले समेत चार्जिङ स्टेसन बनाएको हो । यस्तै, निजी क्षेत्रले समेत चार्जिङ स्टेसन बनाइरहेको छ ।
आफैंले चार्जिङ स्टेशन बनाउन जग्गा खरिद लगायतको झन्झट आएपछि यतिबेला प्राधिकरणले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिएको छ । चार्जिङ स्टेशन बनाउन चाहने निजी क्षेत्रलाई बिजुलीको प्रबन्ध प्राधिकरणले नै गर्छ । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् । तस्बिर : सुवास श्रेष्ठ/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार नियन्त्रण गर्न कर्मचारीको तलब भत्ता बढाउनुपर्छ : मुख्यमन्त्री सिंह
-
भिर माहुरीको मह खाँदा अस्पताल पुगे संगीतकार सुरेश अधिकारी
-
शर्माको रिट खारेज, स्वास्थ्य सचिवमा बगाले कायम
-
भारतको ऊर्जा सप्ताहमा भाग लिन ऊर्जामन्त्री नयाँदिल्ली प्रस्थान
-
जोगमेहर श्रेष्ठलाई हराउने नानीमैयाँ दाहालको निधन
-
अध्यादेशमा उपेन्द्र र सरकार मुख हेराहेरको अवस्थामा