कोक्लियर प्रत्यारोपणपछि कान नसुन्नेहरू कसरी सुन्न सक्छन् ?
काठमाडौँ । कोक्लियर प्रत्यारोपण एउटा सानो इलेक्ट्रोनिक उपकरण हो । यसले पूर्ण रूपमा सुन्न नसक्ने व्यक्तिलाई इलेक्ट्रिकल इनर्जी बनाएर त्यसलाई दिमागसम्म पुर्याउने काम गर्छ ।
प्रत्यारोपण गर्दा कानको पछाडि बाहिरी भागमा शल्यक्रिया गरी छालामुनि राखिन्छ । जसलाई एक माइक्रोफोन पनि भनिन्छ । यसले वातावरणबाट ध्वनि ल्याउने काम गर्छ । यसले एक ट्रान्समिटर र रिसीभर स्पीच प्रोसेसरबाट सङ्केतहरू प्राप्त गर्दछ र तिनलाई विद्युतीय आवेगहरूमा रूपान्तरण गरी दिमागसम्म पुर्याउँछ ।
कोक्लियर प्रत्यारोपण भनेको इलेक्ट्रोनिक डिभाइस हो । सुन्ने ब्रेनले हो, कान भने माध्यम हो ।
प्रत्यारोपणपछि कसरी काम गर्छ ?
कोक्लियर प्रत्यारोपणपछि यसले आवाज अर्थात् ध्वनिहरूलाई बढाउँछ । प्रत्यारोपणले कानको क्षतिग्रस्त भागलाई आवाज बाइपास गर्छ, त्यसपछि उत्पन्न हुने ध्वनि मस्तिष्कमा पठाउँछ । कोक्लियर प्रत्यारोपणमार्फत सुन्नु सामान्य सुनाइ भन्दा फरक हुन्छ ।
यसले चेतावनी सङ्केतहरू पहिचान गर्न, वातावरणमा अन्य आवाजहरू बुझ्न र व्यक्तिगत रूपमा वा टेलिफोनमा बोली बुझ्न धेरै सहयोग गर्छ ।
कस्ता बिरामीले कोक्लियर प्रत्यारोपण गर्ने ?
भित्री कानमा विभिन्न कारणले गर्दा खराबी आउन सक्छ । कुनै कुनै बिरामीले दुईवटै कान पटक्कै सुन्दैनन् । केही बिरामीलाई यन्त्रको सहायताबाट पनि सुन्ने बनाउन सकिँदैन । त्यस्तो अवस्थामा कोक्लियर प्रत्यारोपण गर्न सकिन्छ ।
यसअघि कानको हेरफेर वा ध्वनिको ट्रान्समिसन दिमागसम्म पुर्याउने अवस्था विगतमा वीर अस्पतालमा थिएन । कत्ति पनि कान नसुन्नेहरूलाई कान सुन्ने अवस्थामा पुर्याउने काम कोक्लियर प्रत्यारोपणमार्फत दुई जनामा सफल पारिएको छ ।
ध्वनिलाई दिमाग वा ब्रेनसम्म इलेक्ट्रिकल डिभाइसले पुर्याउने काम गर्छ । कोक्लियर इम्प्लान्ट जन्मजात नै साना बच्चाहरूले कान नसुनेमा, जन्मेपछि पनि बिरामी भई वा संक्रमण भई विभिन्न कारणले सानै उमेरमा बच्चाहरूले कान नसुनेमा पाँच वर्ष अगाडि नै कोक्लियर प्रत्यारोपण गर्न उपयुक्त हुन्छ ।
कान नसुन्ने बच्चाहरूको जति चाँडो इम्प्लान्ट गरियो, त्यति चाँडो बच्चाहरू बोल्न सक्ने हुन्छन् । बच्चाहरूले कान सुनेको नसुनेको पहिल्यै अभिभावकले पहिचान गर्नुपर्छ ।
यस्तै, बच्चाबाहेक विभिन्न कारणले जस्तै बिरामी भई, दुर्घटना भई पूर्ण रूपमा कान नसुन्ने, अन्य उमेर समूहका व्यक्तिलाई पनि कोक्लियर इम्प्लान्ट गर्न सकिन्छ ।
वीर अस्पतालमा कहिलेदेखि सेवा सुरु ?
वीर अस्पताल कोक्लियर प्रत्यारोपण सेवा दिन सक्ने अवस्थामा छ । त्यसैअनुसार योजना पनि बनाइएको छ । एक महिला, एक पुरुषमा कोक्लियर प्रत्यारोपण सफल भएको छ ।
यो सेवा लिन धेरै नेपाली विदेश जाने गरेको गर्छन् । हाल सयौँको सङ्ख्यामा बिरामी कोक्लियर प्रत्यारोपण गर्नुपर्ने अवस्थामा छन् । त्यसैले, वीर अस्पतालले कोक्लियर इम्प्लान्ट सेवा विस्तार गर्ने योजना बनाएको हो ।
कोक्लियर इम्प्लान्ट सेवालाई निरन्तर दिन सरकारले अनुदान दिनुपर्ने हुन्छ । अन्य अस्पतालले एक बिरामी बराबर सरकारबाट ६ लाख प्राप्त गर्छन् । सो अनुदान वीर अस्पतालले अहिलेसम्म पाउन सकेको छैन । अस्पतालले अनुदान पाएमा यस कार्यक्रमलाई निरन्तरता र निःशुल्क सेवा उपलब्ध गराउने छ ।
बालबालिकाले सुन्ने–नसुन्ने कसरी थाहा पाउने ?
आफ्ना बच्चाहरूले कान राम्रोसँग सुनेका छन् वा छैनन् भन्ने कुरा अभिभावकले याद गरेको खण्डमा थाहा हुन्छ ।
जस्तै भर्खरै जन्मेको साना बच्चाले पनि ठूलो आवाज आयो भने आँखा झिम्म पर्छ । यदि पारेन भने कतै सुन्दैन कि भनेर शङ्का गर्नुपर्छ । बच्चालाई बोलाउँदा हेर्दैन, ठूलो आवाज आयो भने आवाजलाई रेन्सपोन्स गर्दैन, कुनै प्रतिक्रिया देखाएन भने तत्काल अस्पताल पुर्याएर कानको परीक्षण गर्नुपर्छ ।
विकसित राष्ट्रमा बच्चा जन्मिन बित्तिकै बच्चाले कान सुने नसुनेको सुरुमै परीक्षण गरिन्छ । जुन बिरामी सुन्न सक्दैन उसले बोल्न पनि सक्दैन । बच्चाले ५÷६ वर्षको उमेरसम्म राम्रोसँग सुन्न सकेन भने सधैँ भरिका लागि बोल्न, सुन्न नसक्ने हुन सक्छ । यस प्रविधिले सुन्न, बोल्न सक्ने बनाउने भएकाले निकै नै लाभदायी छ ।
वीर अस्पतालका नाक, कान, घाँटी विभागका पूर्वप्रमुख प्राडा दीपेन्द्र श्रेष्ठसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको कुराकानीमा आधारित ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति