महाकाली पारीको अस्पतालमा डा. गोविन्द केसीको निःशुल्क स्वास्थ्य सेवा

धनगढी । डाक्टर गोविन्द केसीले कञ्चनपुर जिल्लाको महाकाली नदी पारीको दोधारा चाँदनी नगरपालिकामा ३ दिनसम्म निःशुल्क स्वास्थ्य सेवा दिएका छन् ।
डाक्टर केसीले आइतबारदेखि मंगलबारसम्म दोधारा–चाँदनी अस्पतालले आयोजना गरेको ३ दिने स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा दिएका हुन् ।
दोधारा–चाँदनी नगरपालिका—६ का वडाध्यक्ष एवं नगर अस्पतालका अध्यक्ष ओम बस्नेतका अनुसार अर्थोपेडिक सर्जन हार्डजोर्नी तथा नसा रोग विशेषज्ञ समेत रहेका केसीले निःशुल्क उपचार र परामर्श सेवा दिएका हुन् । केसीले दिएको निःशुल्क स्वास्थ्य सेवाबाट शिविरमा सयौँ स्थानीय लाभान्वित भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।
डाक्टर केसीले बिरामीलाई निःशुल्क चेकजाँच तथा परामर्श दिने र गरिब विपन्नलाई आफैले ल्याएको औषधि समेत निःशुल्क प्रदान गरिरहेका छन् । उनले विशेष गरी दीर्घकालीन हाडजोर्नि तथा नसा सम्बन्धी समस्या भएका बिरामीलाई परामर्श तथा औषधी वितरण गरिरहेका हुन् । दोधारा चाँदनी अस्पतालमा डा.गोविन्द केसीले ३ दिनमा ५९८ जना बिरामीहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिएको दोधारा चाँदनी अस्पतालले जनाएको छ ।
यसैबीच डाक्टर केसीले आफूले बारम्बार मेडिकल माफियाका विरुद्ध पटक–पटक सत्याग्रह गर्दा समेत सरकारले चासो नदेखाएको भन्दै भाद्र २९ गतेदेखि मेडिकल माफियाविरुद्ध सत्याग्रह गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहले कृषि र गैरकृषि जग्गा छुट्याउन अझै सकेनन्
-
‘होस्टेल ३’को बुकिङ खुला, कति छन् शो ?
-
आज विवाह गर्दै अस्मिता र महेश
-
ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार
-
१ रुपैयाँ तिरेर फिल्म 'चिसो मान्छे' हेर्न पाइने
-
पार्टीको आमसभा स्थगित गरेर ज्ञानेन्द्रको स्वागतमा राप्रपा