सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

हेलो सरकारमा बाँदरको समस्याबारे पनि गुनासो

मङ्गलबार, १९ भदौ २०८०, २१ : ४२
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । हेलो सरकारमा श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम हल्कारा पदमा नियुक्त भएको व्यक्तिको न्यूनतम पारिश्रमिक नपाएको सम्बन्धमा धेरै पटक गुनासो आएको छ । त्यस सम्बन्धमा गरिएको कारबाहीलाई हेर्दा अतिरिक्त हुलाक नियमावली, २०३४ बमोजिम हुने भएको भनी अर्थ मन्त्रालयबाट जानकारी प्राप्त भएकोले सोहीबमोजिम गुनासोकर्तालाई जानकारी गराइएको छ । 

प्रधानमन्त्री कार्यालयले आज सार्वजनिक गरेको हेलो सरकारको विवरणअनुसार बज्र सेक्युरिटी प्रालि करारमा रहेका कर्मचारीको सम्झौताबमोजिमको सञ्चय कोष लगायतका सुविधा प्राप्तिमा ढिलाइ भएको सम्बन्धमा पनि गुनासो आएको छ । 

धेरै गुनासाहरू भाइबर, फोन/वेबपोर्टल, मोबाइल फोनबाट आएको छ । ११११ मा रिसिभ भएको फोन सङ्ख्या तीन सय ११, पार्टलमा आएका र पार्टलमार्फत सम्बन्धित निकायमा पठाइएका गुनासोको विवरण दुई सय, गुनासो फर्छ्योट सङ्ख्या ५५ (टेलिफोनबाट फर्छ्योट भएको संस्था संलग्न नभएको) र सामाजिक सञ्जालबाट गुनासोको सङ्ख्या अत्यधिक आएको छ । 

“सुत्केरी महिला निजामती सेवामा नियुक्ति भएमा निजलाई प्रसूति बिदा दिन मिल्छ कि मिल्दैन स्पष्टसँग उल्लेख गरी जिज्ञासा समाधान गरिदिनु हुन पुनः अनुरोध छ, कृपया जिज्ञासालाई गम्भीरताका साथ दिई समाधान गरिदिनु हुन अनुरोध छ”, वेबपोर्टलको जिज्ञासामा भनिएको छ । 

त्यसैगरी महँगी बढेको, ग्यासको भाउ धेरै बढेको, सडकमा खाल्टाखुल्टी भएको, धुलो भएको, अदालतको फैसला कार्यान्वयन हुन नसकेको, बेरोजगारी बढेको र बाँदरको समस्याको बारेमा पनि हेलो सरकारमा गुनासो गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप