मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष समाचार

मङ्गलबार, १९ भदौ २०८०, २१ : ०५
मङ्गलबार, १९ भदौ २०८०

 

आज २०८० भदौ १९ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

ललिता निवास प्रकरण

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना मुद्दामा मंगलबार दुईजना प्रतिवादीको तर्फबाट थुनछेक बहस भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा पूर्व सह–सचिव कलाधर देउजा र भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रालिका संचालक मीनबहादुर गुरुङको तर्फबाट कानुन व्यवसायीहरुले बहस गरेका हुन् ।

कोशी प्रदेश सरकार विवाद

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दायर रिटमा निवेदक र प्रत्यर्थीको तर्फबाट बहस सकिएको छ । मंगलबार साढे ५ बजेसम्म जारी बहसमा प्रत्यर्थीको तर्फबाटसमेत बहस सकिएको छ । 

पीडितलाई राहत

 १२ वर्षीय वालिकालाई सामूहिक करणी गरेको घटनामा जिल्ला सरकारी वकिल कार्यालय बाराले पीडितलाई क्षतिपूर्ति दिएको छ । बारा जिल्ला अदालतबाट भएको फैसलाका आधारमा वालिकालाई पीडित राहत कोषबाट २ लाख ५० हजार क्षतिपूर्ति उपलब्ध गराइएको हो । 

नक्सा विवाद

चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा अगस्ट २१ आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गर्‍यो । ‘२०२३ को स्ट्यान्डर्ड नक्सा’ भनिएको नयाँ नक्सामा भारतको अरुणाञ्चल प्रदेश र अक्साइ चीन क्षेत्र सम्पूर्ण रुपले चीनले आफ्नो भूगोलभित्र समेटेको छ । सो नक्साका बारेमा नेपालमा पनि चर्चा भइरहेको छ ।

साहसिक खेललाई प्रोत्साहन गर्दै सरकार

साहसिक पर्यटन गतिविधिमा सरकार लचक भएको छ । बढ्दो साहसिक खेल पर्यटन तथा गतिविधिको क्रेज, अवसरलाई ध्यानमा राख्दै पर्यटन विभागले यस्तो व्यवसायका लागि सहज नीतिगत व्यवस्था गरिदिएको हो । 

विस्तार होला त सुर्खेत विमानस्थल ?

कर्णालीको निजी क्षेत्रले वर्तमान विमानस्थल विस्तार कार्यमा देखिएका समस्या समाधान गर्दै विस्तार कार्यलाई अगाडि बढाइनुपर्ने भन्दै मुख्यमन्त्री कार्यालयमा नै गएर ध्यानाकर्षण गराएको थियो । तर, सरकारले ‘च्याप्टर क्लोज’ गरेपछि विषय सेलायो । ०७४ पछि निरन्तर बजेट, नीति तथा कार्यक्रममा पर्ने तर, कार्यान्वयन नहुने गरेको योजना थियो, सुर्खेत विमानस्थल । 

नेपाली समर्थक अन्तर्राष्ट्रिय समाचारको विषय 

यसै वर्ष नेपालले ‘एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता’ आयोजना गरेको थियो । अप्रिल १८ देखि मे २ तारिखसम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना भएको त्यो प्रतियोगितामा १० वटा राष्ट्रको सहभागिता रहेको थियो ।  

विद्युत् व्यापार

 नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव भारतको मन्त्रिपरिषद्बाट पारित भएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले यसबारे जानकारी दिँदै नेपालको विद्युत् विकासमा नयाँ रोडम्याप तयार हुने बताएका हुन् ।

ललिता निवास प्रकरण

६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश पुनसँग बयान लिएको छ । सीआईबीको अधिकारीहरूले पुनलाई कार्यालयमै बोलाएर बयान लिएका हुन्  । 

अनुशासन समितिले सोध्न थाल्यो स्पष्टीकरण

नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टी अनुशासन उल्लङ्घन गरेका नेता–कार्यकर्तामाथि छानबिन प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन भएको एक वर्षपछि अन्तर्घातका उजुरीमाथि अनुशासन समितिले छानबिनको प्रक्रिया अगाडि बढाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप