अहिलेको राजनीतिक उपलब्धि माओवादीकै नेतृत्वमा : सचिव आचार्य
![अहिलेको राजनीतिक उपलब्धि माओवादीकै नेतृत्वमा : सचिव आचार्य](https://npcdn.ratopati.com/media/news/press-meet_l2KtVWYKfh.jpg)
धनगढी । नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले अहिलेको राजनीतिक उपलब्धि आफ्नो पार्टीकै नेतृत्वमा प्राप्त भएको दाबी गरेका छन् ।
पहिलो संविधानसभामा पार्टीको पक्षमा व्यक्त भएको जनतमले पुष्टि गरेको र हालसम्म प्राप्त राजनीतिक उपलब्धि माओवादीकै नेतृत्वमा भएको बताएका हुन् ।
मंगलबार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने, ‘माओवादीको जनताको विश्वास गुम्नुको मुख्यकारण जनताले हाम्रो पार्टीलाई अस्वीकार गरेको होइन, हामी भित्रको टुटफुट र विभाजन भएको हो । एकीकृत चार टुक्रामा विभाजित हुँदा आउने परिणाम यस्तै हुन्थ्यो ।’
त्यस्तै, सचिव आचार्यले माओवादीहरु रुपान्तरण हुन तीन महिने अभियान सञ्चालन गरिएको बताए । उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रुपान्तरणको आवश्यकता भएको महसुस गरेर अभियानमार्फत जनतामा फर्केको बताएका हुन् ।
उनले भने, ‘जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो पखाल्न जनतामा फर्केका हौं ।’
आफूहरुले गम्भीर समीक्षा गरेर फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्नेगरी नेता कार्यकर्ताले प्रतिबद्धता जाहेर गरेर जनतामा फर्केको बताए ।
सचिव आचार्यले ‘जनतासँग माओवादी, विशेष रुपमान्तण’ तीन महिने अभियानमा सुदूरपश्चिम प्रदेशमा ७९ वटा अभियान टोली खटिएको जानकारी दिए । सुदूरपश्चिमका ८८ स्थानीय तह र ७३४ वडामा १५८० नेता कार्यकर्ता खटिएको समेत जानकारी उनले दिए ।
अभियान टोलीले पहिलो चरणका कार्यक्रम चलिरहेको बताउँदै सचिव आचार्यले तीन महिनापछि गाउँसम्मको पार्टी र जनताको अवस्थाको विस्तृत प्रतिवेदन आउने र त्यसपछि आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई कसरी समाधान गर्ने योजना पार्टीले बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन