बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

जापानमा नेपाली रेस्लरको जित

मङ्गलबार, १९ भदौ २०८०, १९ : ५८
मङ्गलबार, १९ भदौ २०८०

काठमाडौँ । जापानमा भएको मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा नेपाली रेस्लरले जित हात पारेका छन् । जापानको ओसाकामा भएको उक्त रेस्लिङमा भगवती खड्का (युनिका), अस्मिता सुनार (जुरेली) र भरतबहादुर बिसुराल (हिमालयन टाइगर) ले प्रतिस्पर्धा गरेका थिए ।

भगवती र जुरेलीको जोडीले मेडे टाइगर्ल, जाक्युएर योकोटा र हानाजोनो मोमोकालाई पराजित गरे । हिमालयनले अमेरिका र जापानका रेस्लरलाई पराजित गरेको भगवतीले जनाएकी छन् ।

एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा रेस्लिङ भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप