कांग्रेसमा दाइ–भाउजू प्रवृत्ति हाबी भयो : नेता केसी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा दाइ–भाउजू प्रवृत्ति हाबी भएको भन्दै त्यसले पार्टीलाई उँभो लाग्न नदिएको टिप्पणी गरेका छन् ।
मंगलबार कांग्रेस चितवन क्षेत्र नं २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका नेता केसीले कार्यकर्ताले सत्यलाई बन्धकी राख्नाले पार्टी क्षयीकरणको बाटोमा गएको तर्फ संकेत गरे ।
‘पार्टीका दाइ भाउजूले भनिसके अब मान्नु पर्छ भनेर सत्यलाई बन्धकी राख्ने कार्यकर्ता वा नेता कायर वा दास हुन् यिनीहरूबाट पार्टी उँभो लाग्दैन,’ नेता केसीले भने ।
नेता केसीले पछिल्लो समय नेपालमा नेताहरुको प्रवृत्ति लोकतान्त्रिक नभएको र पार्टी भित्रको प्रवृत्तिले नै कांग्रेस कमजोर भएको स्पष्ट पारे । विचार लिएर अन्य जुनसुकै पार्टी आउन सक्ने भए पनि अरू पार्टी कमजोर भएर कांग्रेस बलियो हुन नसक्ने बताए ।
पछिल्लो समय धार्मिक द्वन्द्व बढ्दै गएको बताउँदै उनले त्यसलाई समयमै सरकारले समाधानको पहल गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ, उमा रेग्मी, जिल्ला सभापति राजेश्वर खनाल, पूर्व सभापतिहरु जितनारायण श्रेष्ठ, विकास कोइराला, बागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने