असोज १ गतेदेखि बञ्चरेडाँडामा फोहोर फाल्न नदिने स्थानीयको घोषणा
काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिलसाईट प्रभावित क्षेत्रका नागरिकहरूले असोज १ गतेदेखि सधैँका लागि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा रोक लगाउने भएका छन् । प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिले असोज १ गते काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा रोक लगाउन अपिल जारी गरेको हो ।
नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले शक्तिको दुरुपयोग गरी जनताले स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार खोसेर मानवता विरोधी काम गरेको समितिले आरोप लगाएको थियो । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाविरूद्ध नेपालको विकास, स्वतन्त्रता, मानवअधिकार,मौलिक हक रक्षाका लागि सहयोग गर्दै आएका दातृ निकाय, विदेशी नियोग, संयुक्त राष्ट्रसंघ कार्यालयलाई हस्ताक्षरेसहित ध्यानाकर्षण गराउने अपिलमा उल्लेख छ ।
समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गर्नुपर्ने, मानववस्तीरहित ल्यानफिलसाईट विकास, फोहोरमैला विकास प्राधिकरण गठन गर्नुपर्ने माग गरिएको छ ।
सरकार र महानगरपालिकाले पटक पटक निर्णय, सहमति र सम्झौता गरेर पनि कार्यान्वयन नभएकोमा स्थानीयले आक्रोश पोखेका छन् । यसअघि पटक पटक धोका खाएकोले अब निष्कर्ष नपुगेसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सदस्य शंकर घिमिरेले बताए ।
‘मंगलबार प्रधानमन्त्रीले देशभरको फोहोर व्यवस्थापनको जिम्मा सहरी विकास मन्त्रालयलाई दिनेगरी निर्णय गछौं भन्नुभएको छ, त्यो हामीलाई मान्य छैन’, उनले भने, ‘दीर्घकालीन समाधानका लागि फोहोर व्यवस्थापन प्राधिकरण गठन हुनुपर्छ । सरकार र काठमाडौँ महानगरबाट पटक पटक धोका खाएका छौं । असोज १ गतेबाट फोहोर फाल्न सधैँका लागि रोक लगाउँछौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बञ्चरेडाँडा लगायत देशभरको फोहोर समस्या समाधानका लागि सम्पूर्ण अधिकार सहरी विकास मन्त्रालयलाई दिने गरी मन्त्रिपरिषदबाट निर्णय गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लस एन्जलसमा फेरि भड्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
सुकुमबासीलाई जग्गा दिँदा कति मासिन्छ वन क्षेत्र ?
-
आन्तरिक स्रोतबाट ४५ किलोमिटर सडक स्तरोन्नति हुँदै
-
चौबिस वर्षदेखि वनपाखामा भेँडाबाख्रासँग रमाएका दुरजङ