गिरीबन्धु टिस्टेट प्रकरणको छानबिन हुनुपर्छ : हृदयराम थानी
मङ्गलबार, १९ भदौ २०८०, १५ : ५१

काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले भ्रष्टाचारका विभिन्न प्रकरण आएको बताउँदै गिरीबन्धु टिस्टेट प्रकरणबारे छानबिन अघि बढाउनुपर्ने बताएका छन् । मंगलबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भ्रष्टाचार सम्बन्धी जुनसुकै प्रकरणमा समितिमा हुने छलफलका लागि सहयोग गर्ने बताए ।
सांसद थानीले अहिलेको निर्वाचन प्रणाली धान्न नसक्ने भएकोले त्यसलाई परिवर्तन गर्नतिर लाग्नुपर्ने बताए । संघिय निजामती सेवा सम्बन्धी ऐनको विधेयक अझै किन समितिमा नआएको भन्दै उनले प्रश्न गरेका छन् ।