जनकपुरमा भूमि लोक महोत्सव हुने

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधामलाई साङ्गीतिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउनका लागि पहिलो पटक भूमि लोक महोत्सवको आयोजना हुने भएको छ ।
आज भूमि मिडियाका संस्थापक निर्देशक रश्मि रञ्जन झाले पत्रकार सम्मेलन गर्दै आउँदो कार्तिक १७ गते शुक्रबार भूमि लोक महोत्सवको आयोजना गरिने बताएका छन् । भूमि लोक महोत्सव जनकपुरधाम स्थित तिरहुतिया गाछीमा आयोजना हुनेछ ।
साङ्गीतिक क्षेत्रमा २५ वर्षदेखि आफ्नो पृथक् पहिचान बनाएका रञ्जन झा र कार्यक्रम व्यवस्थापनमा एक दशकदेखि सक्रिय रहेकी तृष्णा सिंह भण्डारीको पहलकदमी र सक्रियतामा महोत्सवको आयोजना हुन लागेको जनाइएको छ ।
मिडियाका अध्यक्ष झाका अनुसार लोक महोत्सवमा ख्याति प्राप्त सङ्गीत साधकहरूलाई जनकपुरधाममा भेलासमेत गराइनेछ । महोत्सव अवधिभर मधेस र मिथिलाको झल्को दिने विभिन्न लोक झाँकी प्रदर्शन समेत गरिने उनले बताए ।
यस्तै महोत्सवमा विभिन्न स्टलहरूसमेत राखिने आयोजकले जनाएको छ । यस महोत्सवमा अन्तर्राष्ट्रियस्तरका साङ्गीतिक प्रस्तुति हुने संस्थापक निर्देशक झाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य
-
चर्चित ब्राजिलियन खेलाडी कार्लोस एनएसएल हेर्न दशरथ रंगशालामा (तस्बिरहरु)
-
तार्केश्वरमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
-
कविता : फर्किनुस् शिक्षकहरू, गोडाहरू कति दुखाउनुहुन्छ तातो कालोपत्रे पेटीमा ?
-
डान्सबारमा बालिका बेच्ने पक्राउ