सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान

काठमाडौँ । वरिष्ठ सङ्गीतकार राजु सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिने भएको छ । आगामी २५ गते सांस्कृतिक संस्थान जमलमा आयोजना हुने जिनियस म्युजिक अवार्डको चौथो संस्करणमा सिंहलाई उक्त सम्मान दिइने लागिएको हो ।
कार्यक्रममा सिंहका अलवा हिमालय टाइम्स दैनिकका उपसम्पादक कृष्ण भुसाल, रेडियो नेपालका राम थापा ‘अविरल’, लेन्स नेपालका विष्णु सुवेदी र ओएस नेपालका सुमन सापकोटालाई पत्रकारिता सम्मान प्रदान गरिने जिनियस म्युजिक अवार्डका अध्यक्ष रमेश पाठकले जानकारी दिए ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवर्द्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाली कला, भाषा, सङ्गीत क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका लागि क्रियाशील हुँदै कलाकर्मीलाई प्रोत्साहन एवं सम्मान गर्न जिनियस म्युजिक प्रा।लि।ले आफ्नो स्थापनाको दसौँ वर्ष पूरा गरेको अवसर पारेर ‘जिनियस म्युजिक अवार्ड’ स्थापना गरी २०७६ जेठ ११ गते प्रथम ‘जिनियस म्युजिक अवार्ड–२०७५’ सम्पन्न गरेको थियो ।
सोही अनुरूप यस संस्थाले आफ्नो हरेक वार्षिकोत्सवको अवसरमा गीतसंगीतका लोकप्रिय स्रष्टालाई ‘जिनियस म्युजिक अवार्ड’द्वारा पुरस्कृत तथा सम्मान गर्दै आइरहेको छ र अहिले चौथो संस्करण गर्न लागेको हो ।
४३ विधामा गीतसंगीतका स्रष्टालाई अवार्ड प्रदान गरिने अवार्डको उत्कृष्ट पाँच केही अघि सार्वजनिक भएको थियो । अवार्डमा राष्ट्रिय भाव, पप गीत, लोक तथा दोहोरी, गजल, आधुनिक विधाका स्रष्टा र सिर्जना समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनः काठमाडौँमा खस्यो ७६ प्रतिशत मत, चैत २५ पछि मतगणना
-
राहुलको शानदार ब्याटिङ, चेन्नईले पायो १ सय ८४ रनको लक्ष्य
-
भारतले दिएको कोटाको गहुँ आयात गर्न चासो देखाएनन् व्यवसायीले
-
कामपाको सामुदायिक विद्यालयमा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड
-
ट्रम्पको विश्वव्यापी भन्सार शुल्क लागू, अमेरिकी व्यापारमा नाटकीय परिवर्तन
-
चिताभित्र सेलाएको लास