उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल प्रथम, मनास्लु वर्ल्ड द्वितीय
काठमाडौँ । उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा माउन्ट ग्लोरी स्कुल प्रथम भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौँ जिल्लाको आयोजनामा आयोजित प्रतियोगितामा चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड स्कुल द्वितीय भएको छ ।
त्यस्तै विपुल शिक्षा सदन तेस्रो भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगी विद्यालयले क्रमशः २५ हजार २० हजार र १५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेका छन् । उत्कृष्ट दश स्थान प्राप्त गर्ने प्रतियोगीले समेत ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
पाँचौँ संस्करणको उपत्यकाव्यापि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ७५ वटा विद्यालयहरूको सहभागिता रहेको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेत प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको प्याब्सन काठमाडौँ सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’