जी – २० सम्मेलनअघि अमेरिकी राष्ट्रपति बाइडेनकी पत्नीलाई कोरोना सङ्क्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेन जी–२० राष्ट्रको शिखर सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभन्दा दुई दिनअघि नै कोरोना सङ्क्रमित भएकी छन् ।
यद्यपि राष्ट्रपति बाइडेनको कोभिड–१९ परीक्षण नेगेटिभ आएको छ ।
अमेरिकाकी प्रथम महिलाकी सञ्चार निर्देशक एलिजाबेथ अलेक्जेन्डरले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएकी हुन् ।
जिल बाइडेनमा हाल कोभिड–१९ को हल्का लक्षणहरू देखिएको बताइएको छ। उनी डेलावेयरको घरमै बस्नेछिन्।
This evening, the First Lady tested positive for COVID-19. She is currently experiencing only mild symptoms. She will remain at their home in Rehoboth Beach, Delaware: White House pic.twitter.com/FV5hzPAtZr
— ANI (@ANI) September 5, 2023
यसै क्रममा ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जिन पियरेले प्रथम महिला कोभिड–१९ सङ्क्रमित भेटिएपछि राष्ट्रपति बाइडेनले पनि आफ्नो परीक्षण गराएको बताएकी छन् । यद्यपि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ ।
यस विज्ञप्ति अनुसार राष्ट्रपतिले नियमित रूपमा परीक्षण गराउने र लक्षणको निगरानी गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ