एमाले लुम्बिनी प्रदेशको नेतृत्वका लागि मतदान हुँदै
काठमाडौं । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । शनिवारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार विहानलाई सारिएको थियो ।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार केही बेरमा मतदान सुरू हुँदैछ । एमालेमा लुम्बिनी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।
मुख्य निर्वाचन अधिकृत भण्डारीका अनुसार २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माको उम्मेदवारी परेको छ भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन् ।
उपसचिव खुलामा उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारू चौधरी, पूर्ण बुढामगर र हिरा एसीबीच प्रतिस्पर्धा छ । यस्तै महिला उपसचिवमा आरती पौडेल, वसन्ती अधिकारी र लीला रानामगरको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हामी भारत कि चीन भनेर लडिरहेका छौँ’
-
घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित