दुर्घटना
जनावरका लागि थापेको विद्युतीय धरापमा परेर धनगढीमा एक महिलाको मृत्यु
मङ्गलबार, १९ भदौ २०८०, ०८ : ०१
धनगढी । जङ्गली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर धनगढीकी एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो ।
जङ्गली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ महिनापछि मैदानमा फर्कँदै तीव्र गतिका बलर मोहम्मद सामी
-
बिक्न छाडे ठेका र मदानी
-
अध्यादेशबाट कति उत्साहित छन् रियल स्टेट व्यवसायी ?
-
फ्लोरेन्टिनो पेरेज थप चार वर्ष रियल म्याड्रिडको अध्यक्ष
-
ट्रम्पद्वारा अमेरिकालाई डब्ल्यूएचओबाट अलग्याउने आदेश जारी
-
बेलायतमा छायाङ्कन गरिएको कौडा गीत ‘सोल्टीनी सोल्टीज्यू’ सार्वजनिक