रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य–मुख्य समाचार
आज २०८० भदौ १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा प्रधानमन्त्रीको चीन भ्रमणमा के–के छन् एजेण्डा ?, मतदानबाटै एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयन हुने, कोशीका मुख्यमन्त्रीविरुद्धको रिट निवेदन ‘हेर्दाहेर्दै’मा, ललिता निवास प्रकरणमा सरकारी वकिलको बहस सकियो, सुन तस्करी प्रकरणमा चिनियाँका सहयोगी नेपाली नागरिक पक्राउ, मधेस प्रदेशसभा सदस्य यादव पक्राउ, राप्रपालाई सरकारमा सामेल गराउन पहल लगायत छन् ।
१. प्रधानमन्त्रीको चीन भ्रमणमा के–के छन् एजेण्डा ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण गर्ने समय नजिकिँदै गएको छ । सोही क्रममा विभिन्न मन्त्रालयले आफ्नातर्फबाट एजेण्डा बनाइरहेका छन् ।
२. मतदानबाटै एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयन हुने
नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वका लागि निर्वाचन हुने निश्चित भएको छ । बुटवलमा जारी अधिवेशनमा सर्वसम्मत् रुपमा नेतृत्व चयन गर्ने विषयमा नेताहरुबिच सहमति नभएपछि राति ८ बजेदेखि मतदान हुने भएको छ । प्रदेश अध्यक्षका लागि हरि रिजाल र राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
३. कोशीका मुख्यमन्त्रीविरुद्धको रिट निवेदन ‘हेर्दाहेर्दै’मा
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सोमबार ‘हेर्दाहेर्दै’मा राखेको छ । सोमबार पूर्ण इजलासमा सुनुवाइ सुरु गरिएको उक्त रिट निवेदनमाथि बहस जारी रहेकाले ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
४. ललिता निवास प्रकरणमा सरकारी वकिलको बहस सकियो
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलले बहस सकेका छन् । सोमबार जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता जनक प्रसाद घिमिरे, वासुदेव शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश घिमिरे र प्रकाश ज्ञवालीले बहस गरे ।
५. सुन तस्करी प्रकरणमा चिनियाँका सहयोगी नेपाली नागरिक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप एक जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमन खरेल छन् । खरेल सुन तस्करीमा संलग्न चिनियाँ नागरिकका सहयोगी हुन् ।
६. मधेस प्रदेशसभा सदस्य यादव पक्राउ
मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माओवादी नेता गोबिन्द चौधरीको हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
७. बालेनले हटाए आफ्नो विवादास्पद स्टाटस
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ‘सिंहदरबार जलाउने’ विवादित स्ट्याटस सामाजिक सञ्जालबाट हटाएका छन् । चौतर्फी आलोचनापछि शाहले उक्त स्ट्याटस हटाएका हुन् ।
८. राप्रपालाई सरकारमा सामेल गराउन पहल
सत्ता गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सरकारमा सहभागी गराउन संवाद थालेको छ । आइतबार साँझ सत्ता गठबन्धनको बैठकमा राप्रपालाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको हो ।
९. एमसीसी अनुगमन गर्न एकीकृत समाजवादीले बनायो समिति
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार ‘एमसीसी अनुगमन’ समिति बनाएको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा आएको एमसीसीका कामको अनुगमन र व्याख्यात्मक घोषणाको कार्यान्वयनको सन्दर्भमा समेत छलफल गर्नेगरी समिति गठन गरेको सो पार्टीले जनाएको छ ।
१०. म्यानमारले दिएको उपहार नेपाल ल्याउनै सकस
म्यानमारका केही बौद्ध संघसंस्थाहरुले दुई वर्ष अघि संयुक्त रूपमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको करिब ३२ टन बराबरको बुद्धको मूर्ति नेपाल ल्याउन सरकार उदासीन देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई