एसिया कप
नेपालद्वारा २ सय ३१ रनको लक्ष्य प्रस्तुत
सोमबार, १८ भदौ २०८०, १९ : ५२
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुनुअघि दुई सय ३० रन बनायो । नेपालका लागि आसिफ शेखले ५८ रनको योगदान गरे ।
सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन जोडे । भारतीय बलर मोहम्मद सिराज र रविन्द्र जडेजाले तीन—तीन विकेट लिए ।