सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास गरेँः मन्त्री महतो
काठमाडौँ । वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले मन्त्री भएको सय दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन पास गरेको बताएका छन् ।
सोमवार मन्त्रालयमा वन मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिनको कार्यप्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले गत आर्थिक वर्षभरमा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३७ वटा स्वीकृत गरेकोमा पछिल्लो १०० दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङकन प्रतिवेदन स्वीकृत गरेको दाबी गरे । उनले वन मन्त्रालयमा एक सय दिनमा वन क्षेत्रका धेरै समस्याहरु सहजिकरण गर्न सफल भएको बताए ।
मन्त्री महतोले विभिन्न मन्त्रालयहरुबाट प्रश्ताव भए बमोजिम ५ हाइड्रोपावर र ५ अन्य आयोजनाहरु गरी कुल १० वटा विकास आयोजनाहरुलाई राष्ट्रिय वनको १४३.०९०८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत दिएको बताए । उनले प्रयोग गर्न दिएको जग्गामा रहेका विभिन्न प्रजातिका १६,०३० गोटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भइ विकास आयोजना सञ्चालनभा सहजीकरण गरिएको बताए । महतोले प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरुसँग उच्च स्तरिय समन्वय बैठक सम्पन्न गरेको बताए । उनले सरकारसँग वन्यजन्तु संरक्षण क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थाहरुले स्वीकृत लिन आग्रह गरे ।
उनले भने,‘विभिन्न मन्त्रालयहरुबाट प्रस्ताव भए बमोजिम ५ हाइड्रोपावर र ५ अन्य आयोजनाहरु गरी कुल १० वटा विकास आयोजनाहरुलाई राष्ट्रिय वनको १४३.०९०८ हेक्टर जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका विभिन्न प्रजातिका १६,०३० गोटा रुख हटाउने सम्बन्धमा नेपाल सरकारबाट निर्णय भइ विकास आयोजना संचालनभा सहजीकरण गरिएको छ । गत आर्थिक वर्षभरमा वातावरण प्रभाव मूल्याङ्क प्रतिवेदन ३७ वटा स्वीकृत गरेका छौं । १०० दिनमा २३ वटा वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेका छौं । प्रदेशमा वन तथा वातावरण मन्त्रालयहरुसँग उच्चस्तरिय समन्वय बैठक सम्पन्न गरेका छौं । जसले वन्यजन्तु बाघ हिंसावादी भयो भन्नुहुन्छ भन्ने मान्छेहरुले सरकारलाई आइडिया दिनुपर्छ । वन्यजन्तु संरक्षण गर्न हामी यो काम गर्छौं । यस्तो टेक्नोलोजी सरकारलाई ल्याइदिन्छौं । यस्तो गर्न एउटा पनि मान्छे र संस्थाहरु आउँदैनन् । वन्यजन्तु संरक्षणका काम गर्ने संस्थाहरुले वातावरण मन्त्रालयसँग मिलेर काम गर्नुपर्छ ।’
मन्त्री महतोले पछिल्लो एक सय दिनमा उत्साहजनक रुपमा काठ दाउरा उत्पादन भएको भन्दै काठ दाउरा,जडिबुटी बिक्रि तथा पर्यापर्यटनको क्षेत्रबाट २ अर्ब ७९ करोड ७१ हजार रुपैयाँ सरकारलाई राजश्व संकलन भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास