एसिया कप क्रिकेट
एकदिवसीय क्रिकेटमा कुशलले पुरा गरे एक हजार रनको कोशेढुंगा
सोमबार, १८ भदौ २०८०, १६ : १०

काठमाडौँ । नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशेढुंगा पार गरेका छन् । एसिया कप क्रिकेटको सोमबार श्रीलंकामा भएको भारतविरुद्दको खेलमा उनले एक हजार रन पुरा गरेका हुन् ।
उनले ४६ वटा एकदिवसीय क्रिकेट खेलेर एक हजार ३२ रन बनाएका छन् । २६ वर्षीय कुशलले भारतविरुद्कोद खेलअघि ४५ एकदिवसीय खेल्दै नौ सय ९४ रन बनाएका थिए । भारतविरुद्दको खेलमा उनले ३८ रन बनाए । उनले २५ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मीको बार कसलाई कति लाभ ? हेरौं आजको राशिफल
-
‘०७२ वैशाख १२ गोरखा भूकम्प’को दशक पूरा, भत्किएका संरचना अझै अधुरा
-
कति पुग्यो अष्ट्रेलियन र क्यानेडियन डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
ला लिगामा तेस्रो स्थानको एटलेटिको मड्रिड विजयी
-
सात वर्षसम्म पनि बनेन पुल, तोडियो ठेक्का
-
रोचक बन्दै आईपीएल, तीन टोलीको टक्कर