प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बस्ने
सोमबार, १८ भदौ २०८०, १६ : ०१

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक भदौ २१ गते बिहीबार बस्ने भएको छ ।
सभामुख देवराज घिमिरेले सोमबारको बैठक स्थगित गर्दै अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने जानकारी गराए ।
यस्तै सभामुख घिमिरेले नेपाल र भारतबीच भइरहेको एसिया कप क्रिकेटमा नेपाललाई विजयको शुभकामना दिएका छन् ।