राजेश खन्ना–डिम्पलको सम्बन्धबारे बोलिन् ट्विंकल खन्ना : मेरा आमाबुवा सँगै हुनुभएको भए...
अभिनेत्री तथा लेखिका ट्विंकल खन्नाले हालै आफ्नी आमा डिम्पल कपाडिया र बुवा राजेश खन्नाबीचको सम्बन्धबारे कुराकानी गरेकी छिन् । ट्विंकलले उनको पालन–पोषण उनकी आमाले गरेको बताइन् । ट्विंकलका अनुसार डिम्पल एक्लैले उनलाई हुर्काएकी हुन् । ट्विंकललाई लाग्छ कि यसले उनको जीवनमा धेरै फाइदा पुर्याएको छ । उनका अनुसार उनका आमाबुवा सँगै भएको भए आज सायद उनी फरक खालकी हुने थिइन् ।
ट्विंकलले आफूलाई धेरै लामो समयसम्म पुरुष प्रधान समाजबारे थाहा नभएको बताइन् । यसबारे उनले भनिन्, ‘मलाई पुरुष प्रधान समाजबारे थाहा नै थिएन किनभने मैले त्यस्तो चिज कहिल्यै देखेकै थिइनँ । मैले सधैँ मेरी आमाले जिम्मेवारी उठाएको देखेकी थिएँ ।’
घरको जिम्मेवारी उठाउने अरू कोही थिएन : ट्विंकल
फेसन डिजाइनर तथा अभिनेत्री मसाबा गुप्तालाई दिएको अन्तर्वार्तामा ट्विंकलले भनिन्, ‘हाम्रो घरमा कहिल्यै फेमिनिजम (नारीवाद) शब्द प्रयोग गरिएको कहिल्यै याद भएन । तर यो शब्द सुरुदेखि नै हाम्रो घरमा थियो । घरको जिम्मेवारी उठाउने दोस्रो व्यक्ति थिएनन् । मैले आफ्नो घरबाटै धेरै प्रेरणा पाएँ ।’
अभिभावक सँगै भएको भए यस्तो हुँदैनथेँ : ट्विंकल
ट्विंकलले थपिन्, ‘मलाई लाग्छ कि मेरा अभिभावक सँगै हुनुभएको भए म यस्तो हुँदैनथेँ । सायद म सधैँ काम गर्न चाहँदैनथे होला । मलाई मेहनत गर्ने बानी पनि पर्दैनथ्यो होला । मलाई सधैँ एउटा प्रश्न सोधिन्थ्यो – सुपरस्टार आमाबुवाको बीचमा हुर्कन पाउनु कस्तो अनुभव थियो ? यो प्रश्नमा म यही भन्छु ‘मेरो बाल्यकाल खासै त्यस्तो केही विशेष रहेन । म यसको जवाफ कसरी दिन सक्थेँ ?’
अभिभावकत्वबारे ट्विंकलले भनिन् यो कुरा
उनले थपिन्, ‘म किशोरावस्थामा हुँदा आमाबुवाले कत्ति नियन्त्रण गरेको होला भनेर रिसाउँथे । म उहाँहरूको छायाजस्तै हुँ । तर पछि मलाई थाहा भयो कि उहाँहरू ममाथि सुरक्षात्मक थिए । यो बुझ्न मलाई धेरै समय लाग्यो । छोरा जन्माएपछि मैले यो कुरा बुझेँ । मेरो छोराले उसलाई सहयोग गरेको मन नै पराउँदैन । ऊ आफ्नो कुरा आफैँ गर्न चाहन्छ । त्यसपछि मलाई थाहा भयो कि हामी पनि यस्तै त थियौँ ।’
सन् १९७३ मा भएको थियो राजेश खन्ना–डिम्पलको विवाह
ट्विंकल दिवङ्गत अभिनेता राजेश खन्ना र दिग्गज अभिनेत्री डिम्पल कपाडियाकी छोरी हुन् । यी दुईले सन् १९७३ मा विवाह गरेका थिए । यद्यपि, केही वर्षपछि यी दुई अलग्गिए । यद्यपि, यी दुईले कहिल्यै सम्बन्धविच्छेद भने गरेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्वमा पुग्न कस्सिए विरासत बोकेका तीन कांग्रेस नेता
-
गोल्डेन ग्लोब्सको रेड कार्पेटमा सेलिब्रेटीको स्टाइल, तस्बिरहरू
-
कुर्स्क क्षेत्रमा युक्रेनको नयाँ आक्रमण
-
अमेरिकामा आपत्काल घोषणा गर्न बाध्य पार्ने हिमपात, तस्बिरहरू
-
पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै
-
केन्द्रीय समिति बैठकको पहिलो दिन प्रचण्डको तीन घण्टा : महाधिवेशनदेखि उपनिर्वाचनबारे के भने ?