कृषि मन्त्री भुसाल र रसियन राजदूतबीच भेटवार्ता
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र रसियाका राजदूत एलेक्सी नोभिकभबीच शिष्टचार भेटघाट भएको छ ।
सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत नोभिकभ बीच शिष्टचार भेटघाट भएको हो ।
भेटमा मन्त्री भुसालले दुई देश बीचको सहकार्यलाई प्रवर्द्धन गर्दै व्यापार, लगानी, ऊर्जा र पर्यटनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहने बताए । साथै दुवै देश बीचको सहकार्यले पूर्वाधार र परिवहन क्षेत्रमा अधिक महत्त्वपूर्ण भूमिका रहने औँल्याए ।
रुसको लगानी कृषि तथा कृषिजन्य क्षेत्रमा हुने आशावादी रहेको बताउँदै मन्त्री भुसालले कोभिड–१९ महामारीका कठिन समय र २०७२ सालको भूकम्पमा रुस र रुसी जनताले पु¥याएको सहयोग प्रति मन्त्री भुसालले आभार व्यक्त गरे।
राजदूत नोभिकभले नेपालको चिया, कफी, कृषिजन्य जडिबुटीलाई रसियामा राम्रो माग रहेको भन्दै निर्यात गर्न सकिने बताए ।
रसियाले कृषि क्षेत्रमा निकै ठूलो प्रगति गरेको उल्लेख गर्दै पछिल्लो ५ वर्षमा खाद्यान्न र कृषि औजार निर्यात गर्न सक्ने अवस्थामा पुगेको अनुभव सुनाए । नेपालले औपचारिक माग गरेको अवस्थामा रसिया जुनसुकै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
दुई देश बीचको आपसी हितमा काम गर्नका लागि वर्किङ गु्रप गराउने तयारी भएको समेत बताए । यसले दुई देश बीचको व्यापार, कृषि र प्रविधिको क्षेत्रमा के कस्तो काम गर्न सकिन्छ सुझाव आदानप्रदानमा सघाउ पुग्ने बताए ।
केही रसियन उद्योगीहरुले नेपालमा आफ्नो लगानी गर्न चाहेकाले यसका लागि आवश्यक सहजीकरण गरिदिन पनि मन्त्री समक्ष उनले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीपहिरो र डुबानमा परेकालाई उद्धार र राहतमा सहयोग गर्न मन्त्री सुडीको अपिल
-
उपत्यकाबाहिर पहिलो ट्रमा सेण्टर बर्दघाटमा, मन्त्री पौडेलद्वारा शिलान्यास
-
आफ्नो 'कमिक' कलेक्शन फ्याँकिदिएपछि आमाविरुद्ध छोराले हाले मुद्दा
-
मधेस सरकारद्वारा राहत तथा पुनःस्थापनाका लागि आठ करोड विनियोजन
-
मर्ज भए भायकम १८ र डिज्नी मर्जन, सरकारद्वारा अनुमोदन
-
नेपालद्वारा ओमानलाई एक सय ७७ रनको चुनौती