जापान–नेपाल विकास मञ्चको स्थापना, अध्यक्षमा मोतोयुकी ओदाची

टोकियो । नेपाली राजदूतावास, जापानको पहल तथा जापानका उद्यमी, व्यवसायी र लगानीकर्ताहरूको प्रयासमा टोकियोमा जापान–नेपाल विकास मञ्च स्थापना भएको छ ।
भाद्र १५ गते जापान सरकारका विपद व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेको उक्त मञ्चको अध्यक्षमा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री मोतोयुकी ओदाची चयन भएका छन् ।
यस्तै उपाध्यक्षहरूमा सर्वश्री योशिहारु कोमियामा, हिरोयुकी फुकुयामा, डा तोरु उत्सुमी, ताकातोशी नाकामुरा, तोमोहिको कावामोतो र योसुके किकुमा रहेका छन् ।
जापान–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष एवं जापानका लागि नेपाली राजदूत उक्त मञ्चका पदेन संरक्षक रहेका छन् ।
नेपालको सामाजिक, आर्थिक र प्राविधिक विकासमा जापान सरकारको सहायतासँगसँगै जापानको निजी क्षेत्रबाट नेपालमा पर्यटन, ऊर्जा, कृषि, शिक्षा, स्वास्थ्य, वातावरण र रोजगार लगायतका क्षेत्रहरूमा लगानी तथा औद्योगीकरण एवं नेपाल र जापानको व्यापार प्रबर्द्धनमा सार्थक योगदान पुर्याउने उद्देश्यले मञ्चको स्थापना भएको नेपाली राजदूतावास टोकियोले जनाएको छ ।
मञ्चको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै जापान सरकारका विपद व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानीले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्ध सरकारीस्तरमा मात्र सीमित नरही जनस्तरसम्म पनि फैलिएको बताए ।
जापान र नेपालबीच गहिरो धार्मिक, सांस्कृतिक र सामाजिक सम्बन्ध रहेको बताउँदै राज्यमन्त्री तानीले यस ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अब आर्थिक सम्बन्धको सुदृढीकरणसहित विस्तारित गर्न आवश्यक रहेको र यस दिशामा जापान–नेपाल विकास मञ्च एक कोशेढुङ्गा सावित हुने बताए ।
यस्तै जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले जापान नेपालको विकासको एक प्रमुख साझेदार राष्ट्र रहेको र नेपालको कृषि, शिक्षा, ऊर्जा, यातायात र सञ्चारलगायतका आर्थिक र सामाजिक विकासको आधारशिला निर्माणमा जापान सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।
समारोहमा जापान नेपाल विकास मञ्चका नवनियुक्त अध्यक्ष तथा जापान सरकारका पूर्व अर्थ सहायक मन्त्री ओदाचीले जापान र नेपालको सुमधुर द्विपक्षीय सम्बन्धलाई अब व्यापार, लगानी र रोजगारी प्रबर्द्धनका माध्यमबाट निजी क्षेत्रले पनि सहभागिता जनाउन अपरिहार्य रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा