बीपी साहित्य पुरस्कार विमल र प्रजातन्त्र सेनानी सम्मान शर्मालाई

काठमाडौँ । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको बीपी कोइराला स्मृति साहित्य सम्मान पुरस्कार र बीपी कोइराला स्मृति प्रजातन्त्र सेनानी सम्मान पुरस्कार घोषणा गरेको छ ।
ट्रष्टले बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा हरेक वर्ष प्रदान गर्दै आएको पुरस्कार तथा सम्मानअन्तर्गत साहित्य सम्मान पुरस्कार–२०८० वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल (जनकपुर) र प्रजातन्त्र सेनानी सम्मान पुरस्कार–२०८० प्रजातन्त्र सेनानी ९२ वर्षीय डिल्लीरमण शर्मा (रूपन्देही) लाई प्रदान गर्ने निर्णय गरेको हो ।
साहित्य सम्मान पुरस्कारको राशि रु एक लाख एक हजार र प्रजातन्त्र सेनानी सम्मानको पुरस्कार रु ५१ हजारको रहेको छ । ट्रष्टको पुरस्कार छनोट समितिका संयोजक डा. धुव्रचन्द्र गौतमको संयोजकत्वमा ट्रष्टका महासचिव रामचन्द्र पोरखेल र डा ज्ञानु पाण्डेको सिफारिस समितिले उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
उक्त सम्मान तथा पुरस्कार बीपी कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा यही भदौ २२ गते राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट प्रदान गरिने ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा
-
प्रचण्ड नेतृत्वको सरकारका कारणले नेपाल ग्रे लिष्टमा पर्यो : मन्त्री गुरुङ
-
मन्दिर सफा गर्न पानी बोकेको ट्यांकर भासियो
-
समय गुजार्दै कांग्रेसका भ्रातृ संस्था, चैत मसान्तभित्र गर्लान् महाधिवेशन ?
-
स्वास्थ्य सचिव देवकोटा कि मिश्र भन्नेमा कांग्रेसमै दुई धार
-
बीपी राजमार्ग पुनर्निर्माणमा जाइका अनिर्णीत