एसिया कप : नेपाल–भारत खेलअघि कस्तो छ मौसम ?

एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल श्रीलंकाको केन्डी सहरको पल्लेकल अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ । तर खेलका बेला वर्षा हुने सम्भावना प्रबल छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार पनि केन्डीमा पानी पर्ने सम्भावना छ । दिउँसो ३ः३० बजेसम्म ५७ प्रतिशत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै ४ः३० बजे ४१, ५ः३० बजे ५५, ६ः३० बजे ३१ प्रतिशत छ ।
यस्तै, राति ९ः३० बजे पानी पर्ने सम्भावना ५९ प्रतिशत छ । त्यसपछि ७२ प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको बताइएको छ । यदि वर्षा भयो भने खेल अवरुद्ध हुन सक्छ ।
नेपाल र भारतबीचको खेल दिउँसो सवा तीन बजे सुरु हुँदै छ । यतिबेला मौसम धेरै खराब हुन सक्छ ।
हावाहुरीसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केन्डीमा भारत र पाकिस्तानबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
The Wait Continues! ⏳
— BCCI (@BCCI) September 2, 2023
The drizzle is back and so are the covers!
Scorecard ▶️ https://t.co/hPVV0wT83S#AsiaCup2023 | #TeamIndia | #INDvPAK pic.twitter.com/resNSyVy7s
यो खेल जित्न भारतले पाकिस्तानलाई २६७ रनको चुनौती दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
-
युक्रेनमा युद्ध अन्त्य गर्न अमेरिकासँग सम्झौताका लागि तयार भयो रुस
-
मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षकहरू
-
वार्ता गर्न गएका शिक्षक नेताहरू सिंहदरबारको गेटमै रोकिए
-
टीआरसी अध्यक्षका लागि बारका निवर्तमान अध्यक्ष घिमिरे अनिच्छुक
-
प्रतिनिधिसभा बैठक आइतबारसम्म स्थगित