आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

धनुषामा बालुवा उत्खनन् गर्ने ट्रयाक्टर नियन्त्रणमा

सोमबार, १८ भदौ २०८०, १३ : ३०
सोमबार, १८ भदौ २०८०

जनकपुरधाम । धनुषामा अवैध रुपमा बालुवा उत्खनन गर्ने ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय ढल्केवरबाट खटिएको टोलीले मिथिला नगरपालिका ५ औरही खोलाबाट अवैध रुपमा उत्खनन गर्ने ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

उत्खनन् गरिरहेको अवस्थामा ज१त २८७७ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

नियन्त्रणमा लिएको ट्रयाक्टर इलाका प्रहरी कार्यालय ढल्केवरमा ल्याएर थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ । यस्तै जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको जलाद र औरही खोला तथा लक्ष्मीनिया गाउँपालिकामा पर्ने खोलामा पनि अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयहरुले बताएका छन् ।

जेठ मसान्तपछि खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नमिल्ने व्यवस्था छ । तर अवैध उत्खनन गर्ने निकाय मौन भएपछि यो क्रम रोकिएको छैन । स्थानीय प्रहरी प्रशासन र जिल्ला समन्वय समितिको कार्यशैली सुस्त भएपछि अवैध उत्खनन नरोकिएको क्षिरेश्वरनाथ नगरपालिका ९ का रविन्द्र यादव बताउँछन् । उनका अनुसार स्थानीय प्रहरी

प्रशासनलाई छलेर र प्रभावमा पारेर अवैध उत्खनन भइरहेको छ । हामीले अवैध उत्खनन भइरहेको विषयमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि उत्खनन नरोकिएको उनको भनाइ छ ।

क्षिरेश्वरनाथ नगरपालिकामा र लक्ष्मीनिया गाउँपालिकाको खोलाबाट रातिको समयमा उत्खनन गर्दा प्रहरी चौकी भएरै सवारी साधनहरु आवतजावत गर्ने गरेको भएपनि उनीहरु पक्राउ पर्न नसकेको क्षिरेश्वरनाथ नगरपालिका २ का उमेश यादव बताउँछन् । उनी भन्छन्, ‘स्थानीय बसमतिया कन्सट्रक्टसनको ना६त ६०२२, ज १त ५७६५ र ज २ त ७८५ नम्बरको ट्रयाक्टरले प्रहरीकै अगाडीबाट नदीजन्य पदार्थ ओसारपोसार गर्दा पनि प्रहरीलाई थाहा छैन ।’

नदीजन्य पदार्थको अवैध उत्खनन प्रहरी प्रशासनकै मिलोमतोमा भइरहेको उनको भनाइ छ । स्थानीयहरुले अवैध उत्खननमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर र लक्ष्मीनिया प्रहरी चौकीको नेतृत्वको मिलोमतो रहेको आरोप लगाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप