एमाले लुम्बिनी अधिवेशन : तीन बजेबाट मतदानको तयारी

बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिमा चयन गर्ने प्रयास असफल भएको छ । सहमतिको प्रयास असफल भएसँगै निर्वाचन कमिटीले निर्वाचनको प्रक्रिया थालिसकेको छ । सोमबार बिहान ११ बजेसम्म उम्मेदवारी मनोनयन समय तोकिएकोमा उक्त समय सकिएपछि निर्वाचन कमिटीले उम्मेदवारी दिएकाहरूको नाम सङ्कलन गरिरहेको छ ।
रुपन्देहीको बुटवलमा शनिवारबाट जारी एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनमा अध्यक्षसहितका पदमा दुई समूहले उम्मेदवारी दर्ता गरेपछि छुट्टाछुट्टै प्रतिस्पर्धामा हुने निश्चित भैसकेको छ । सोमबार बिहानसम्म पनि सहमतिमै नयाँ नेतृत्व चयनका लागि नेताहरू जुटे पनि असफल भएको बताएका छन् । खास गरी अध्यक्षमा आकाङ्क्षी हालका अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य समेत रहेका हरिप्रसाद रिजालबीच सहमति जुटाउने प्रयास भएपनि असम्भव भएको एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
उनले भने, ‘सहमतिको प्रयास धेरै गरियो तर अध्यक्षका उम्मेदवारहरूले निर्वाचनमै जाने पछि नहट्ने भन्ने अडान नछोड्दा अव निर्वाचन नै हुने भयो ।’ नेता भट्टराईले सोमबार दिउँसो ३ बजेबाट मतदान गर्ने तयारी भइरहेको बताए । उम्मेदवारी मनोनयनको समय सकिएसँगै दाबी विरोध, उम्मेदवारी फिर्ता लगायतका कामहरू हुने निर्वाचन प्रमुख हरिप्रसाद भण्डारीको भनाइ छ । निर्वाचन कमिटीका सदस्य विष्णुप्रसाद खनालले मनोनयन दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले अरू प्रक्रिया सुरु भएको बताए ।
एमाले लुम्बिनीको उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ र पुजन विश्वकर्मा, सचिवमा लक्ष्मण आचार्य, सोम सापकोटा र उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिएका श्रेष्ठ कँडेल र विश्वकर्मा रिजाल पक्षका हुन् । अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २०५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुने छ । नेतृत्वको विषयमा उपाध्यक्ष विष्णु प्रसाद पौडेल र महासचिव शङ्कर पोखरेलबीच शक्ति सङ्घर्ष देखिएकाले अधिवेशन पेचिलो बनेको हो । महासचिव पोखरेलले केन्द्रीय सदस्य समेत रहेका रिजाललाई समर्थन गरेका छन् भने उपाध्यक्ष पौडेलले वर्तमान अध्यक्ष राधाकृष्ण कँडेललाई समर्थन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृत अवस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?