वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु
सोमबार, १८ भदौ २०८०, १२ : २८

काठमाडौँ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।
मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले जानकारी दिए । उनले भने, ‘आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हुँ, म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।’
हामफालेका ती पुरुषको अस्पतालमा बिरामी रहेको नपाइएको उनले बताए । उनले भने, ‘उनी को हुन् भन्ने थाहा छैन, उनको शव बेवारिसे अवस्थामा छ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितामै शव छाडेर भागे मलामी, हेलमेट लगाएर गर्नुपर्यो अन्तिम संस्कार
-
अन्ततः राप्रपाले तिर्यो महानगरपालिकालाई १ लाख रुपैयाँ जरिबाना
-
दुई वर्षमै बेलायतमा किनबेच होला ल्याबमा हुर्काइएको मासु ?
-
पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुँदैन : मन्त्री भण्डारी
-
आकाशमा उडिरहँदा विमानको ट्वाइलेट जाम भएपछि....
-
पाँच जलविद्युत् जलविद्युत् आयोजनासँग ३१ बुँदे माग